उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि अब सानिमा बैंकले दिने भयो छात्रवृति



हाम्रो इकोनोमि

 

 

लामो समय देखि लगातार सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने खालका कार्यक्रमहरु गर्दै आइरहेको छ । यो बीचमा उच्च शिक्षा अध्ययन गर्ने प्रत्येक शाखाबाट २–२ लाई छात्रवृति प्रदान गर्ने भएको छ । शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाईदा हुने गरी श्रावण १० गते भित्र आवेदन दिन आव्हान गरेको छ ।

 

बैंकले विगत ७ वर्षदेखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृति प्रदान गर्दै आइरहेको छ । सोहि कार्यक्रमलाई निरन्तरता दिंदै बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृति आवेदन खुल्ला गरेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...