जब भिडले महिला अधिकृतमाथि लगातार लट्ठीले प्रहार गर्‍यो



हाम्रो इकोनोमि

 

 

भारतको तेलङ्गना राज्यमा एकजना महिला बन अधिकृतमाथि निर्मम ढङ्गले लाठीले हानेको घटनामा १६ जना पक्राउ परेका छन्।

उक्त राज्यको सत्तारुढ पार्टीका सदस्यले नेतृत्व गरेको उक्त भिड आइतवार वृक्षारोपण अभियानविरुद्ध प्रदर्शन गरिरहेको थियो।

ती बन अधिकृतलाई लाठीले हानेको भिडिओ भाइरल भएको थियो र पार्टीले त्यस्तो हमलाको सामाजिक सञ्जाल ट्वीटरमा निन्दा गरेको थियो। नराम्ररी घाइते भएकी ती अधिकृतको अहिले अस्पतालमा उपचार भइरहेको छ।

उक्त भिडिओमा ट्र्याक्टरमा उभिएर भिडलाई शान्त पार्ने प्रयास गरिरहेकी ती बन अधिकृतलाई बाँसको लट्ठीले हमला गरेको देखिन्छ।

अन्य बन अधिकारीहरू र स्थानीय प्रहरी आएर भिडलाई तितरबितर नपार्दासम्म उनलाई बारम्बार लट्ठीले हानेको देखिन्छ।

त्यस्तो भिडिओ सामाग्री भारतभर भाइरल भएको थियो र त्यसले देशभर आक्रोश फैलाएको थियो।

यो घटनापछि तेलङ्गना राष्ट्र समितिको उच्च तहमा रहेका कल्भाकुन्त्ला तराका रामा राओले ट्वीटरमा घटनाको निन्दा गर्नुपरेको थियो।

उनले ट्वीटरमा लेखेका छन्, आफ्नो काम गरिरहेकी बन अधिकृतमाथि हमला गर्ने कोनेरू कृष्णको दुष्ट व्यवहारको सशक्त रुपमा विरोध गर्छु। उनी पक्राउ परेका छन् र मुद्दा अघि बढिसकेको छ । कोही पनि कानुनभन्दा माथि छैन।

उक्त भिडको नेतृत्व कोनेरू कृष्ण राओले गरेका भनि पहिचान गरिएको छ। उनी तेलङ्गना राष्ट्र समितिका विधायकका भाइ हुन्।

पार्टीले उनी पनि पक्राउ परेको पुष्टि गरेको छ। सञ्चारमाध्यममार्फत् बन अधिकारीहरूले आदिवासी किसानको उब्जनी मासिरहेकोले आफूले ती किसानहरूको न्यायका लागि त्यसो गरेको बताएका छन्।

बन विभागले आदिवासी किसानहरूलाई आतंकित बनाइरहेको छ र उनीहरूको जमिन जबर्जस्ती कब्जा गरिरहेको छ, उक्त हमला आकस्मिक भएको समेत उनले बताए।

हमलाको समयमा घटनास्थलमा रहेका दुईजना प्रहरी अधिकारीहरूलाई उनीहरूले ती महिला अधिकृतलाई जोगाउन नसकेको भनेर निलम्बन गरिएको बीबीसी तेलुगुले पुष्टि गरेको छ।

उक्त घटना कगाजनगरमा भएको हो जहाँ बन विभागको कार्यालय छ। बन विभागले कलेश्वरम परियोजना अन्तर्गत वृक्षारोपण अभियानको अधिकार पाएको छ।

उक्त परियोजना गत साता एउटा ठूलो सिचाइँ योजना अन्तर्गत सुरु गरिएको थियो। उक्त राज्यस्थित विपक्षी पार्टीहरू बिजेपी र कङ्ग्रेसले हमलाको सशक्तरुपमा निन्दा गरेका छन्।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...