अमिषामाथि अढाई करोड ठगीको आरोप



हाम्रो इकोनोमि

 

बलिउड निर्माता अजयकुमार सिंहले अभिनेत्री अमिषा पटेलमाथि धोकाधडीको आरोप लगाएका छन् ।

अमिषाले फिल्म ‘देसी म्याजिक’ का लागि ऋण लिएको अढाई करोड रुपैयाँ फर्काउन आनाकानी गरेको उनको भनाइ छ ।

आफूले एक वर्षदेखि पैसा मागिरहे पनि अमिषाले फर्काउने नामै नलिएको भन्दै सिंहले अदालत गुहारेका छन् ।

३ करोड रुपैयाँको चेक बाउन्स भएपछि राँचीको अदालतमा मुद्दा दायर गरेको उनले बताए । ‘देसी म्याजिक फिल्म रिलिजका लागि उनले मसँग पैसा लिएकी थिइन्, तर त्यसलाई फर्काउन कुनै जवाफ नै दिइरहेकी छैनन्,’ सिंहले भने ।

अदालतले जुलाई ८ का लागि पेसी तोकेको छ । अमिषा अदालतमा हाजिर नभए उनीविरुद्ध वारेन्ट जारी हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...