हराएकी मेरी छोरी फेला पार्न आफ्नै छोरी सम्झिएर सेयर गरिदिनुहोला : श्रेयाकी आमा



हाम्रो इकोनोमि

 

काठमाडौ बस्दै आएकी सुर्योदय नगरपालिका १ गोर्खेकी १४ वर्षीया श्रेया कुटवाल सोमबारदेखि हराएकी छन्।

काठमााडौंको बसुन्धारामा रहेको साउथ वेष्टन स्कुलमा अध्ययनरत बालिका घरबाट हराएको परिवाले बताएका छन्।

सोमबार बिहान ६ बजे स्कुल जान तयार भएकी श्रेयाको विद्यालय पोसाक भने कोठामै भेटिएको छ।मामा टेकराज खत्रीको घरमा बस्दै आएकी कटुवाल बसुन्धाराको साउथ वेस्टन स्कुलको कक्षा ९ मा अध्यानरत थिइन्।

बिहानै ल्यापटप बोकेर घरबाट हिँडेकी श्रेया रातिसम्म घर नफर्किएको दिदी अनिता कटुवालले जानकारी दिइन्।

उनलाई खोज्न श्रेयाका बाबु अम्बिर कुटुवाल काठमाडौं पुगेका छन्। बालिकाले फोन भने कोठामै छोडेको दिदी अनतिाको भनाइ छ। श्रेया बसेको स्थानबाट उनले बढ्ने विद्यालय दुई मिनेटको दुरीमा छ। अनिताले भनिन्, ‘उपत्यकाका सीसी क्यामेरामा उनलाई कतै देखिएन।’

परिवारले उनको खोजीका लागि प्रहरीलाई सोमबारनै जानकारी दिएको अनिताले बताइन्। आमा लोकमाया कटुवाल छोरी हराएपछि तनावमा छन्।

उनले छोरीको खोजीका लागि पहल गरिदिन सबैलाई अनुरोध गरेकी छन्। हाल सम्म सम्पर्कमा नआएको हुदा देख्न हुने महानुभावले मेरो नं 9862656750 र 9804967450 मा सम्पर्क गरिदिन हुन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...