श्रीमानको अगाडी झुक्केर पनि नगर्नुस् यी १० काम



 

 

वैवाहिक सम्बन्धमा गाँसिएपछि हरेक पति पत्नीले एक अर्काको दुखमा साथ दिने र सुख बाढ्ने प्रतिज्ञा गरेका हुन्छन।

उनीहरु जीवन उज्जवल बनाउन वा भविष्यका लागि कडा मेहेनत र परिश्रम गर्ने गर्छन। केही पुरुषहरु श्रीमती को इच्छा चाहनाको ख्याल नगर्ने प्रकृतिका हुने गरेका भएपनि केहि भने आफ्ना पत्नीलाई खुशी र सुखी राख्न हरदम प्रयासरत रहने गर्छन।

सुखी र खुशी जीवन जिउनका लागि आफ्नो ग्रह र राशीमा भर पर्ने कुरा वस्तु शास्त्रमा उल्लेख गरिएको छ। यति मात्र नभई कुनै पनि दम्पतिले सुखी र खुशी जीवन बिताउन दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ। त्यसमा पनि पत्नीले अझ ध्यान पुर्याउन आवश्यक हुन्छ।

आज हामी तपाईहरुलाई आफ्ना पतिको अगाडी पत्नीले निभाउने पर्ने केही भूमिकाहरु बताउन जाँदै छौँ जसबाट कुनै पनि दम्पतिको जीवन सुखमय बित्न सक्नेछ।

आफ्नो श्रीमानको कमजोरी पक्षहरु घरका व्यक्ति , माईती वा आफ्ना साथीसँग खोल्नु हुँदैन।  हरेक दिन आफ्नो श्रीमानसँग सल्लाह गर्दा पहिले उसको मुड फ्रेश हुने खालका कुराहरु गर्न आवश्यक हुन्छ।

महिलाले कुनै पनि परिस्थितिमा आफ्नो श्रीमानलाई पुर्व प्रेमी वा अन्य कुनै व्यक्तिसँग तुलना गर्नु हुँदैन।,  जुनसुकै परिस्थितिमा पनि अन्य व्यक्तिलाई आफ्नो पतिको ख्याल राख्ने जिम्मा दिनु हुँदैन। ती व्यक्तिहरुले तपाई वा श्रीमानबाट फाइदा उठाउने प्रयास गर्न सक्छन।

लामो समयसम्म शारिरिक सम्बन्ध राख्न नपाए पुरुषहरुमा तनाव बढ्ने हुँदा यस विषयमा उनीहरुको प्रस्तावलाई बुझ्ने प्रयास गर्नुपर्छ।

यदि तपाई परिवारको सबै सदस्यसँग छलफलमा हुनुहुन्छ भने आफू भन्दा पहिला श्रीमानलाई बोल्न दिने र आफू सुन्ने गर्नुहोस्। पहिला आफू बोल्नु उचित हुँदैन।

महिलाहरुले आफ्ना बालबच्चाको अगाडी कहींले पनि श्रीमानलाई गाली गर्नु हुँदैन। यसो गर्दा बच्चामा नकारात्मक असर पर्ने गर्छ।

हरेक पत्नीले कार्यलय र घरको काममा मात्र व्यस्त नभएर आफ्ना पतिको लागि नियमित रुपमा समय निकालेर सल्लाह गर्न आवश्यक हुन्छ। दुई जना बीच दिनभर भएका कार्य र तिनको उपलब्धि बारे एकअर्कालाई जानकारी गराऊन आवश्यक हुनेछ।

कुनै पनि श्रीमतीले अरुको काम र सम्पति सँग आफ्नो श्रीमानलाई जोड्ने र यस्तो विषयमा कुरा उठाउने गर्नुहुँदैन। यसबाट उनीहरुमा नकारात्मक प्रभाव पर्ने र अनैतिक कार्यमा संलग्न हुन सक्ने हुँदा यस विषयमा विशेष ध्यान पुर्याउनु पर्छ।

कुनै पनि बेला आफ्नो श्रीमानको अगाडी उसको साथीको विषयमा नराम्रो कुरा नगर्नुहोस।

महिलालाई शारिरीक सम्पर्क राख्दा सन्तुष्टी दिन सक्नु भएन यसरी गर्नुहोस्

यौन सम्बन्धमा मधुरता छ भने दुवैको सम्बन्धमा नयाँ उर्जाको पनि सञ्चार हुन्छ तर, यदि यौनसम्बन्ध नै बोझिलो भैसकेको छ भने सम्बन्ध पनिबोझिलो हुन सक्छ ।यौनसम्बन्धको बोझिलतालाई हटाएर कसरी युवाले आफ्नो सम्बन्धमा नयाँ जीवन प्राप्त गर्न सक्छन् भन्ने बारेमा हामीले थाहा पाउनु जरुरी छ ।

 

स्वभाविकै हो युवाहरुले हरेक काम छिटो गर्न चाहन्छन् । युवा उर्जा र जोशको विशेषता नै तातो रगत हो । उनीहरुलाई उत्साहले भरिएका हुन्छन र हरेक काम आँफै गर्न तत्पर रहन्छन् ।युवा पिँढीले हरेक कुरा सिक्न अनुभव गर्न चाहन्छ । आफूलाई मनलागेको कुरा खुलेर गर्न चाहने युवाहरुको स्वभावै हो । प्रेम पनि युवाले खुलेर गर्छन् ।

 

समाजले खडा गरेका सीमाहरुलाई नाघेर युवाहरु आफ्नो जोश र उर्जाले त्यस्ता पर्खालहरुलाई भत्काउँदै आफ्नै वेगमा कुद्न खोज्छन् । सेक्सको मामिलामा पनि उनीहरु यस्तै हुन्छन् । उनीहरुलाई सम्बन्ध सुरु गरेपछि जतिसक्दो छिटो सेक्सको स्वाद लिन आतुर हुन्छन् ।

 

तर, हालसालै गरिएको एक शोधमा यौनसम्पर्कलाई बोझिलो मान्ने युवाहरु पनि धेरै रहेको र शारीरिक सम्पर्कलाई बोझिलो रुपमा लिनाले सम्बन्धमा पनि समस्या देखिएको पाइएको छ । शोधले सेक्समा आएको बोझिलतासँगै सम्बन्धको गर्माहट सकिदैँ जाने र त्यसको नतिजा ब्रेकअप पनि हुन सक्ने देखाएको छ ।

 

यस्ता युवाहरुले वास्तविक रोमान्स के हो भन्ने भुल्छन् । आजभोलीका युवाहरुमा बढ्दो थकान, दबाब वा निराशाको कारण आफ्नो प्रेमिकाको साथमा यौनसम्बन्ध बोझिलो हुन्छ र त्यसको नकरात्मक असर प्रेमसम्बन्ध वा वैवाहिक सम्बन्धमा पनि पर्छ । युवायुवतीको बीचमा यदि सेक्स सम्बन्धमा मधुरता र सन्तुष्टि छ भने दुवैबीचको सम्बन्ध पनि राम्रो हुन्छ ।

 

त्यसैले आउनुहोस् जानिराखौं यौन सम्बन्धको बोझिलतालाई हटाएर कसरी आफ्नो सम्बन्धमा नयाँ जीवन प्राप्त गर्न सकिन्छः

१. खुलेर व्यक्त गर्नुहोस आफ्नो चाहना:

युवाहरुमा यदि यौन चाहना भएन भने सम्बन्धमा पनि गरमपना आउँदैन । धेरैजसो युवतीहरु लाजको कारणले पनि यौनको बारेमा आफ्नो भावनाहरु पार्टनरसँग लुकाउँछिन् । त्यसैकारण उनीहरुलाई चाहना भएअनुसारको यौनसन्तुष्टि मिल्दैन ।

 

जब मनको कुरा मनमै रहन्छ र पार्टनरको अगाडि खुल्न सक्दैनन् त्यतिखेर उनीहरलाई यौनसम्बन्ध बोझिलो लाग्छ । यदि तपाई पनि सम्बन्धमा रोमान्सको झड्का लागिरहोस भन्ने चाहनुहुन्छ भने आफ्नो यौनचाहनाहरु आफ्नो यौनसाथीसँग सेयर गर्नुहोस् ।

 

तपाईंलाई जे राम्रो लागिरहेको छ त्यो बताउनुहोस् र मन नपरेको कुराहरु पनि नलुकाउनुहोस् । आफ्नो साथीसँग हरेक कुरा सेयर गर्नुहोस् र यौनसम्पर्कको समयमा संकोचलाई टाढै राखेर त्यसको पुरा आनन्द लिनुहोस् । तपाईले सम्बन्धको गरमपन फेरि महसुस गर्न सक्नुहनुहोस ।

 

२. विस्तारै स्पर्श गर्नुहोस्

स्पर्शलाई प्रेम र यौनको सबैभन्दा महत्वपूर्ण साधन मानिन्छ । एक मायालु स्पर्शले अंगहरुमा काउकुती लगाउन सक्छ भने गलत तरिकाले गरिएको स्पर्शले मनमा घृणाले भरिन पनि सक्छ । यौनसम्र्पक राख्ने क्रममा यदि आफ्नो साथीलाई स्पर्श गर्ने कला तपाईसँग छ यौनसन्तुष्टि धेरै गुणा बढ्छ । विज्ञहरुका अनुसा प्रेम र सेक्सको गहिरो सम्बन्ध छ । स्किन–टु–स्किन कन्ट्याक्टबाट अक्सिटोसिन लेभल बढ्छ जसकारण तपाई रिल्याक्स महसुस गर्नुहुन्छ र आफ्नो पार्टनरको अझै नजिक जानुहुन्छ ।

 

३. एकअर्काको शरीरसँग केहीबेर चल्नुहोस:

शरीर शरीर बीच स्पर्श गर्नाले नै कामवासना जागृत हुन्छ । स्पर्शबाट सम्बन्धमा प्रगाढता पनि आउँछ । पार्टनरलाई प्रेमस्पर्श दिनु सबैभन्दा प्रभावकारी तरिका हो । पार्टनरको मुड ठिक बनाउन कानको पछाडि आँखामा किस पनि गर्न सकिन्छ

४.जिस्किँदै कुरा गर्ने, कानेखुसी गर्ने:

यौन एक कला हो र यसमा जति प्रयोग गर्यो त्यति निखारता आउँछ । यसैले यौन सम्बन्ध राख्दा नयाँ प्रयोग गर्नबाट नडराउनुहोस् । जब तपाईलाई मौका मिल्छ पार्टनरलाई फोन गर्नुहोस् र रोमान्टिक तथा केहि जिस्किने कुरा गर्नुहोस् । साथै उनीहरुलाई बेलुका जब तपाईहरुको भेट हुन्छ केही सरप्राइज दिदैँ हुनुहुन्छ भन्ने केही संकेत दिनुहोस् । सेक्सलाई लिएर केही इशारा दिनुभयो भने अझै धेरै रमाइलो हुन्छ ।

 

यदि अझै आनन्द खोजीरहनुभएको छ भने कानमा कानेखुसी गर्ने खेल पनि खेल्न सकिन्छ । यसलाई चाइनिज ‘हृविस्पर गेम’ भनिन्छ । यसमा त्यस्तै छाडा कुरा गर्ने गरेमा झनै मजा दुईगुणा हुन्छ । आफ्नो पार्टनरसँग यो खेल खेल्दा केहि यौनजन्य
कुराहरु पनि गर्नुहोस् ।

५. माहौल होस रमाइलो

सेक्स मन नलाग्दा नलाग्दै गर्ने कुरा होइन । जुन तरिकाले खाना पनि भोक र स्वाद बिना रुच्दैन वा बेस्वाद लाग्छ ठिक त्यसैगरि यौनसम्र्क पनि जबर्जस्ती गर्नाले निरस लाग्छ । त्यसले कैयौं पटक सम्बन्ध बोझिलो लाग्न सक्छ । सेक्समा माहौल र मुड अत्यावश्यक फ्याक्टर हो ।

 

पहिलेको जमानामा विभिन्न किसिमका अत्तरको प्रयोग हुने गथ्र्यो । किनभने सुगन्धको यौनसँग रोचक सम्बध छ । मोहक शरीर र मदहोस बनाउने सुगन्धले सेक्सको चाहना अझै बढ्छ । त्यसैले आफ्नो कोठा वा जहाँ यौनसम्पर्क गर्नुहुन्छ त्यहाँको माहौल रमाइलो बनाउनुहोस् । कोठा सजाउनुहोस् कोठाको बत्ति मधुरो बनाउनुहोस् र रोमान्टिक गीत बजाउनुहोस् । फेरि दिनभरको थकाइ मेटाउन एकअर्काको मसाज गर्नुहोस् ।

६. फोरप्ले र सँगसँगै नुहाउने:

सँधै एकैप्रकारको कार्य गर्नाले त्यसमा बोझिलता आउनु स्वभाविकै हो । हरेक सम्बन्धले केहि नयाँ र रोमाञ्चक कुराको माग गर्छ । कैयौं पटक त्यसको लागि आफै बदलिनुपर्छ । यौन सम्बन्धमा यसै कामलाई रोलप्ले भनिन्छ । यसमा केहि फिक्सन र ननफिक्सन भूमिकालाई मिलाएर एक भूमिका बनाउनुहोस् र आफ्नो पार्टनरसँग यौनकार्य गर्दा त्यसै भूमिकामा रहनुहोस् ।

 

तपाईंलाई यौनको केही अलग अनुभुती भैरहेको महसुस हुन्छ र रोमाञ्चक अनुभव पनि मिल्नेछ । पार्टनरसँग एक रोमान्टिक कहानी बनाएर आ–आफ्नो रोल बाँड्नुहोस् । बेडरुममा त्यो रोल निभाउँदा तपाईले एक नयाँ अनुभूती प्राप्त गर्नुहुन्छ । साथै आफ्नो सेक्स अपिल बढाउनको लागि पारदर्शी कपडाहरु र अन्तवस्त्रहरुको सहारा लिएमा पनि यौनसम्बन्ध सुखद हुन्छ । त्यस्तै बाथरुममा सँगै नुहाउनु पनि यौन चाहना बढाउने एक नयाँ तरिका हुन सक्छ । बाथरुममा राम्रो पफ्र्यम स्प्रे गर्नुहोस् र बाथटबमा सँगसँगै नुहाउनुहोस् ।

 

७. तनावमुक्त सेक्स, पोर्नको लत र स्वस्थ खाना

युवाहरुमा कामको तनाव र थकानले सेक्सलाई वेस्वादको बनाइदिन्छ । विस्तारै सम्बन्धले पनि आफ्नो आकर्षण गुमाउन थाल्छ । यसैले कुनै पनि तरिकाले आँफैलाई तनावमुक्त बनाउनुहोस् र मात्रै सेक्सको मजा लिन सक्नुहुन्छ ।

 

जब तपाईं तनावमुक्त हुनुहुन्छ तबमात्रै आफ्नो यौनसाथीको चाहना बुझ्न सक्नुहुन्छ र उनीहरुलाई यौनको पुरा आनन्द दिन सक्नुहुन्छ । तर जब एक साथी असन्तुष्ट हुन्छ त्यतिखेर यौनको आनन्द एकतर्फी र अधुरो हुन्छ । त्यसैको रिसले त्यो सम्बन्धलाई बिगार्न पनि सक्छ ।

 

यौनको स्वस्थ खाना र स्वास्थ्यसँग पनि सम्बन्ध हुन्छ । त्यसैले स्वास्थ्यको लागि पनि तपाई यदि सेक्स गर्न चाहनुहुन्छ भने कम खाना खानुहोस् वा एक घन्टा अगाडिनै खाना खानुहोस् भनेर सल्लाह दिइन्छ । यसले बेडमा तपाईलाई आलस्यता आउँदैन ।

 

पोर्नको लतलाई लिएरसेक्स एक्सपर्टहरुले एक सीमासम्म पोर्न फिल्म हेर्नु यौनसम्बन्धको लागि राम्रो भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा