दिशा पटानीका यि हट एण्ड बोल्ड तस्वीरले मच्यायो तहल्का



हाम्रो इकोनोमि

 

गर्मीको राप दिनदिनै बढ्दैछ । यो उर्खमौलो गर्मीमा कस्तो पहिरन लगाउने ? दिशा पटानीबाट सिक्न सकिन्छ । हालैमात्र उनी समर वेयरमा ठाँटिएकी छिन् र उक्त तस्वीर आफ्नो इन्स्टाग्राममा साझेदार गरेकी छिन् ।

उनी समर वेयरमा निकै हट देखिएकी छिन् । इन्टाग्राममा दिशाले नियोन ओरेन्ज ड्रेसको तस्वीर साझेदार गरेकी हुन् । नियोन कलर अहिले फेशन ट्रेन्ड बनेको छ ।

 

चिनाइरहनु पर्दैन, दिशा बलिउड अभिनेत्री हुन् । उनी बलिउडमा दुई कारणले चर्चित छिन् । एक, अभिनेत्रीको रुपमा । दुई, टाइगर श्राफकी गर्लफ्रेण्डका रुपमा चिनिदै आएकी थिइन् । तर उनीहरुबीच हालै ब्रकअप भएको बुझिएको छ । टाइगरसँग उनको अफेयर चलेको धेरै समय वितिसक्यो । यसबीचमा उनीहरुले एकसाथ फिल्म खेलेका छन् ।

‘बागी–२’मा दिशा र टाइगरको जोडीलाई देख्न सकिन्छ । एक फिल्मको छायांकनमा लुकीपिछी चुरोट तानेको र एयरपोर्टमा दिशा र टाइगरको रोमान्सले निकै चर्चा पाएको थियो । उनले बलिउडमा त्यती फिल्म खेलेकी छैनन्, जति चर्चा बटुलेकी छिन् । त्यसो त उनी सोशल मिडियामा पनि निकै सक्रिय छिन् । उनको इन्टाग्राममा १ दशमलव ९६ करोड फलोअर्स छन् ।

 

पछिल्लो समय उनी सलमान खानको फिल्म ‘भारत’मा देखिएकी छिन् । यसमा दिशालाई एक्सन अवतारमा देख्न सकिनेछ । उक्त फिल्ममा सलमानसँगै क्याटरिना कैफ पनि मूख्य भूमिकामा छन् । यो फिल्ममा दिशालाई अग्रज नायिका हेलेनको स्टाईलमा दर्शकले देख्न पाएका छन् ।

सन १९६० को दशकमा ‘अन्डर कस्ट्युम’मा अभिनेत्री हेलेन फिल्मको गीतमा प्रस्तुत हुने गरेकी थिईन् । फिल्म भारतमा अभिनेत्री दिशालाई पनि हेलेनकै जस्तो कस्ट्युममा एउटा गीतमा नाचेको दर्शकले देख्न पाएका छन् । फिल्म भारतलाई सलमान खानकी बहिनी अलबीरा खानले निर्माण गरेकी छिन् । फिल्मकी मुख्य नायिका कैटरिन क्याफ हुन् ।

 

यता अभिनेत्री दिशा पटानी र अभिनेता टाइगर श्राफको तीन वर्ष पुरानो रिलेसनसिप टुंगिएको छ । पटानी र टाइगर फिल्म ‘बागी’को सुटिङको बेला नजिकिएका थिए । त्यसपछि सँगै जिम जान सुरु गरेका थिए । ती दुवै केही साता अघिसम्म रेस्टुरेन्टमा डिनरमा देखिएका थिए ।

उनीहरूको रिलेसनसिप ब्रेक भए मित्रता कायमै रहने बताइएको छ । उनीहरूको ब्रेकअपमा आदित्य ठाकरेको नाम जोडिएको छ । खबरअनुसार ठाकरे र दिशा पटानी केही दिनयता नजिकिएका थिए । पटानी र ठाकरेको संयुक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । पटानी सन् २०१३ मा इन्दौरमा ‘फेमिना मिस इन्डिया’ को उपविजेता पनि भएकी थिइन् ।

उनले ‘एमएस धोनी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । पहिलो फिल्ममै उनले आफ्नो अभिनयको जादुले दर्शकको मनमा छाउन सफल भएकी थिइन् ।

त्यसअघि उनले मोडलिङ गरेकी थिइन् । करण जौहरले एक सेक्स कमेडी ‘नो सेक्स प्लिज’ बनाएका थिए, यसमा पटानीको पनि अभिनय थियो ।

त्यस्तै तेलुगू फिल्म ‘लोफर’मा पनि उनले खेलेकी छिन् । फिल्म ‘कुंग फु योगा’मा जैकी चैनको साथ स्क्रिन सेयर गरेको उनको तस्बिर कुनैबेला निकै भाइरल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...