विप्लव कार्यकर्ता र प्रहरीबीच फेरी मुडभेड, जवाफी फायर नगरेको नेकपाको दावी



हाम्रो इकोनोमि

 

सोमबार विप्लव कार्यकर्ता र प्रहरीबीच फेरी मुडभेड भएको जानकारी प्राप्त भएको छ। संखुवासभामा विप्लव कार्यकर्ता र प्रहरीबीच मुडभेड भएको जनाइएको हो ।

बिहान करिब ९ बजे संखुवासभाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको हो।

‘सर्च एण्ड अरेस्ट अपरेसन’ चलाएको प्रहरीको समूहमाथि विप्लव कार्यकर्ताले फायरिङ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मिम लामाले जानकारी दिए।

उक्त घटनामा कुनै क्षति नभएपनि प्रहरीले त्यसमा संलग्नहरुको खोजि गरिरहेको बताइएको छ। यता नेकपाका कार्यकर्ताले भने प्रहरीले आफूहरुमाथि गोलि चलाएको आरोप लगाउदै जवाफी फायरिङ नगरेको बताएका छन्।

उक्त घटनापछि सो क्षेत्रमा प्रहरीको गस्ती बढाएर अपरेसन अघि बढाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...