बहिनी पढाइमा तगडा भएपछि ईर्ष्याले जलेर दाजुभाइले नै गरे बलात्कार



हाम्रो इकोनोमि

 

भारतको उत्तर प्रदेशको सीतापुर जिल्लामा एक सरकारी विद्यालय परिसरमा आठ क्लासकी एक विद्यार्थीलाई उसकै काकाका छोराहरूले दुई वर्षसम्म सामूहिक बलात्कार गरेको खुल्न आएको छ ।

त्यतिले मात्र नभई उसका शिक्षकहरूले पनि पापी दाइहरूको साथ दिए । ती विद्यार्थी पढाइमा तगडा भएर दाजुहरूभन्दा अब्बल देखिएपछि रिसले जलेर उनीहरूले यस्तो कुकर्म गरेका हुन् ।

घटनाको भिडियो परिवारको ह्वाट्सयाप ग्रूपमा पठाइएको थियो । त्यसपछि शनिवार किशोरीले उजुरी दर्ता गराइन् र आरोपितहरूका विरुद्ध एफआईआर दर्ज गराइयो ।

अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । विगत दुई वर्षमा दाइहरू र शिक्षकले आफ्नो बलात्कार गरेको उजुरीमा लेखिएको छ ।

एडिसनल एसपी मधुवन कुमार सिंहले यसको बारेमा जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार, किशोरीको डाहा गर्ने दाजुहरू उसको पढाइ बिग्रियोस् भन्ने चाहन्थे किनकि उनी सधैं राम्रो अंक ल्याउँथिन् र उनीहरू चाहिँ फेल भइरहन्थे ।

एक प्रहरीले बताए, ‘किशोरीलाई बेहोश बनाएर दाजुहरू र शिक्षकले पालैपालो बलात्कार गर्थे र अनि भिडियो पनि बनाउँथे । भिडियो हेरेर मात्र किशोरीले यो कुरा थाहा पाइन् ।’

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

 

मैले महिला भएर धेरै गरे अब एकपटक पुरुष भएर गर्न चाहान्छु : नायिका सुरक्षा पन्त

नेपाली चलचित्र क्षेत्रमा केही नयाँ गर्ने प्रयासहरु भइरहेका छन् । नेपाली दर्शकलाई मनोरञ्जन दिनको लागि चलचित्रकर्मीहरु निरन्तर लागिपरेका छन् । यो भिडमा आउने एउटा नाम सुरक्षा पन्त पनि हो । उनी पेशाले सिभिल इन्जिनियर हुन् । तर, हिजोआज कलाकारितामा छाइरहेकी छिन् । उनले छोटो समयमै उनले आधा दर्जन फिल्ममा आफ्नो अभिनय कौशलता देखाइसकेकी छिन् । थोरै फिल्मबाट नै आफ्नो फरक छवि बनाउन सफल सुरक्षाले स्व. आलोक नेम्वाङद्वारा निर्देशित फिल्म अझै पनि बाट नायिकाका रूपमा नेपाली सीनेमामा डेब्यु गरिन् ।

 

त्यसपछि चंगा चेट, भैरे, रोमियो एन्ड मुना, सुस्केरा, धनपति, गोपी, घरलगायतका फिल्ममा अभिनय गरेकी उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् । अभिनयबाहेक टेलिभिजन प्रस्तोता, स्केच कलाकार, कविलगायतको परिचय बनाएकी उनले हालै प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको निर्देशनको नाटक क्लेसाबाट रंगमञ्चमा पनि डेब्यु गरिन् । उनले दर्शकसामु केही नयाँ दिनको लागि आफुलाई समलिंगी बन्ने मन भएको बताएकी छिन् । एक पत्रिकासँग कुरा गर्दै उनले भनेकी छिन, ‘आफूभन्दा फरक लिंग तथा समुदायको व्यक्तिका रूपमा अभिनय गर्दा कस्तो अनुभव हुँदो रहेछ त भनेर हेर्न मन छ । हामीले अरूलाई देखेर महसुस त गर्न सक्छौं ।

 

तर, महसुस मात्र होइन, अरूको भोगाइ भोगेर उनीहरूलाई नजिकबाट चिन्ने र बुझ्ने रहर छ ।’ पूरै गेटअप नै चेन्ज गरेर पुरुष या समलिंगीको भूमिकामा काम गर्ने इच्छा उनले व्यक्त गरिन् । फरक अनुभूतिका लागि फिल्ममा समलिंगी बन्ने रहर भएको उनी बताउछिन । पछिल्लो समय पन्त फिल्म घरको प्रोमोसनका साथै मास्टरको लास्ट सेमेस्टरको परीक्षाको तयारी गरिरहेकी छिन् । त्यसपछिको समय आमा भन्ने फिल्मको सुटिङमा व्यस्त हुन्छ । दासढुंगा–२ नामक फिल्ममा पनि उनी अभिनय गर्ने मुडमा छिन ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...