काठमाडौमा आएको बोइङ ७५७ जहाजमा बम : धुँवाले भरिएको आकाशमा यसरी गरियो आपत्कालीन पूर्णअभ्यास



हाम्रो इकोनोमि

 

शुक्रबार मुलुकको एकमात्र अन्र्तराष्ट्रिय ‘विमानस्थलमा अनौठो दृष्य देखियो । दिउँसो ३ः१० बजे विमानस्थलको टावरबाट विमानस्थल अधिकारीलाई बोइङ ७५७ जहाजमा बम रहेको संकेत आएको जानकारी दिईयो । उडिरहेको बोइङ ७५७ मा केही धुँवापनि देखिन थाल्यो ।

उडान नं इएक्सई १२४ एक्सरसाइस एयरलाइन्स नामक जहाजमा अलर्ट–५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि तत्कलै आपत्कालीन पूर्णअभ्यासका लागि सबै निकाय अलर्ट बन्यो । बोइङ ७५७ जहाजको यो ‘डमी’ रुप थियो । विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यासका लागि यो सबै भइरहेको थियो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार उडा नं इएक्सई १२४ एक्सरसाइस एयरलाइन्स नामक जहाजमा अलर्ट–५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि आपत्कालीन पूर्णअभ्यास गरिएको हो ।

यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिन्थ्यो । सङ्कटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अपराह्न आधा घण्टा बन्द रहेको थियो । यो हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिएको विमानस्थलले जनाएको छ ।

सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा घण्टा बन्द भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो पटक पूर्णकालीन अभ्यास गर्न लागिएको हो । यो अभ्यास आज दिउँसो ३ः१० देखि ३ः४० बजेसम्म गरिएको थियो । यो बेला विमानस्थलका नियमित उडान÷अवतरण सूचना प्रकाशित गरी आधा घण्टा बन्द गरियो ।

 

त्यसअवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै उडान बन्द भएका थिए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधानअनुरुप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...