सिरिन्ज आक्रमणकारी पक्राउ, दिए यस्तो सनसनीपूर्ण बयान



हाम्रो इकोनोमि

 

काठमाडौ र बनेपामा सिरिन्ज आक्रमणको त्रास फैलिएको थियो । साँझ परेपछि युवतीमाथी मात्र सिरिन्ज आक्रमण गर्ने भएकाले चिकित्सक र प्रहरी नै चकित भएका थिए । यो घटना निक्कै शंकास्पद भएको भन्दै प्रहरीले उच्च निगरानी राखेको थियो । अन्तत यो घटनामा प्रहरीले सफलता पाएको बताएको छ । आक्रमणको एक सदस्य पक्राउ परेको बताइएको छ । काठमाडौंमा सिरिन्ज आक्रमण गर्ने एकजनालाई पक्राउ गरेको प्रहरीले बताएको हो । प्रहरीले गएराति १२ बजे महाराजगंजबाट रामेछाप स्थायी घर भएका सन्तोष कार्कीलाई सिरिन्ज आक्रमणको आरोपमा पक्राउ गरेको हो ।

 

कार्कीले भने आफूले सिरिन्जले नभइ काँटीले घोचेको स्वीकार गरेका छन् । काठमाडौंमा अहिलेसम्म ६ जना सिरिन्ज आक्रमणमा परेको महानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता डी.एस्.पी. होविन्द्र बोगटीले बताए । उनले सो घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् । उनले भने हामीले एकदम नजिकबाट यो घटनालाई हेरिरहेका छौ । के हो भन्ने वासतविकता चाँडै खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...