आफूलाई ‘धर्ती माता’ भनेर युवतीलाई यातना दिने महिला पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडाैँको भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ बताएर युवतीलाई यातना दिने महिला पक्राउ परेकी छन् । काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले ‘धर्ती माता’  भनिने विष्णु कुँवरलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।

 

अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ । एक साताअघि उनले सर्वसाधारणको भिडकाबीच युवतीलाई यातना दिएकी थिइन् । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । प्रहरीले हालसम्म पीडितलाई भने भेटेको छैन । पीडितलाई उजुरी दिन प्रहरीले आग्रह गरेको छ ।

 

भिडियोमा कुँवरले युवतीलाई पिट्दै ‘तँ को होस्, छिटो निस्की’ भनेर गाली गरेकी छन् । उनले ‘तेरो मासु खाम्ला, मलाई चिन्’, जस्ता शब्दको पनि प्रयोग गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...