सट्टेबाजी गिरोहका नाइके चितवनबाट पक्राउ



हाम्रो इकोनोमि

 

सट्टेबाजी गिरोहका चितवन ‘नाइके’ पक्राउ पक्राउ गरेका छन् । विश्वकप क्रिकेटको सट्टेबाजी गराइरहेको अवस्थामा प्रहरीले गिराेहका नाइके नवलपरासी प्रतापपुर गाउँपालिका-८ घर भइ भरतपुर महानगरपालिका-३ डेरा गरी बस्ने मुकेशकुमार साहलाई उनकै काेठाबाट मङ्गलबार राति पक्राउ गरेको हो ।

चितवनका विभिन्न स्थानहरुमा लुकिछिपी विश्वकप क्रिकेटको सट्टेबाजी भइरहको विशेष सूचनाको आधारमा जिप्रका चितवनका डिएसपी एकनारायण कोइरालाको नेतृत्वमा खटिएको प्रहरीले साहलाई ३ लाख ४५ हजार ६५ रुपैयाँ नगदसहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनको साथबाट विभिन्न कम्पनीका पाँच वटा माेबाईल समेत बरादम गरेको छ । यस्तै, ट्याब माेबाईल एक थान र विभिन्न बैंक तथा आईएमई लगायत पैसाको कारोवार सम्बन्धी भौचर दस्तावेजहरु पनि बरामद भएको प्रहरीले  जनाएको छ ।

साह विगत लामो समयदेखि चितवनलाई अखडा बनाएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गर्ने/गराउने काम संलग्न रहँदै आएको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

साहले अन्य व्यक्तिहरु समेतलाई आवद्ध गराई एक आपसमा बाजी थापी/थाप्न लगाई क्रिकेट सट्टेबाजी गराइरहेको अवस्थामा पक्राउ गरिएको एसपी मल्लले बताए ।

 

साहले नेपाली तथा भारतीय नागरीकहरु समेतलाई आवद्ध गराई ठूलै रकमको सट्टेबाजी गराउँदै आएको र नेपाली तथा भारतीय नागरीकहरु समेत उनको सम्पर्कमा आई विभिन्न समयमा सट्टेबाजीको रकम आदान-प्रदान गर्ने गरेको खुलेको छ ।

 

पक्राउ परेका साहउपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुर अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) को उपदफा ४ बमोजिम मुद्दामा कारवाही अघि बढाइएकाे चितवन प्रहरी प्रमुख एसपी मल्ले बताए । यो कसुरमा बरामद बिगो जफत गरी १ बर्ष सम्म कैद र दश हजार रुपैयाँ जरिवानाको सजाँय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...