कक्षा ५ का विद्यार्थीले संसारबाट विदा लिँदा दुनियाँलाई रुवायो



हाम्रो इकोनोमि

ललितपुरमा एक कक्षा ५ मा अध्ययनरत ११ वर्षीय बालक समिरले आइतबार आफैले पासो लगाएर संसार छोडे का छन्। ललितपुरको माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय समिर लुुङ्वाले एउटा चिटमा लेखेर संसार छोडे का छन्।

असार ७ गते राती ९ बजेतिर घरभित्रै उनी झुन्डिएको अवस्थामा उनको फेला परेका थियो। बेलुकीको खाना खाइसकेर आमा र दिदी पल्लो घरमा टिभी हेर्न गएको र बुबा पनि माथिल्लो गाउँमा गएको बेला बालकले।

‘ गरेको पारिवारिक स्रोतले जनाएको छ। उनका काका शुकबहादुर तामाङले घरमा एक्लै भएको अवस्थामा बालकले खदखुसि गरेका बताए। उनका अनुसार समिरले स्कुलमा सर र घरमा दाई भाउजूले हेपेको कुरा बताएका थिएनन्।

पढाईमा पनि उनी मेधावी थिए। ‘बावुको स्वभाव आनन्दको थियो, झगडा पनि गर्दैन्थ्यो, पढाईमा पनि टाठो थियो, एउटा बच्चालाई कसरी यस्तो सोच आयो बुझ्न कठिन भएको छ,’ समिरका काका शुकबहादुरले भने।

उनले लेखेको सुसाइट नोटका आधारमा प्रहरीले अनुसन्धान थालेको छ। ललितपुरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बच्चाले प्राण त्याग गर्ने आँट कसरी राख्यो भन्ने विषयमा प्रहरीले गहिरो अनुसन्धान थालेको बताए।

‘हामीले सुसाइट नोट पनि हेरिसकेका छौं, केही कुरा शंकास्पद देखिएको छ,’ उनले भने, ‘यसबारे गहिरो अनुसन्धान हुन्छ ।’ यो समाचार नागरिकन्युज दैनिकमा लेखिएको छ।

 

यस्तो छ उनले लेखेको अन्तिम नोटः – मेरो नाम समिर लुङ्वा हो। म कक्षा ५ मा पढ्छु। मेरो रोल नम्बर ५ हो। आज म केही कुरा भन्न चाहन्छु। म धेरै दुःखमा छु। मलाई कसैले माया गर्दैनन्।

कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने गर्नुहुन्छ। घरमा मलाई दाई भाउजूले हेलाँ गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु। सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म विरामी हुँदा विरामी भाको छैन भने। म यति भन्दै बिदा माग्छु। म ११ वर्षको भए, म जन्मेको महिना कात्तिक १४ गते हो।

प्रतिक्रिया दिनुहोस
सांसदहरूलाई संसदीय अभ्यासबारे प्रशिक्षण

    प्रतिनिधिसभाका सांसदहरूलाई संघीय संसद् सचिवालयले प्रशिक्षण दिएको छ । संसद भवनभित्रको...

कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण...

राज्यलाई लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही

    राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सडक, ट्राफिक व्यवस्थापन र सरकारी...

रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...