आज बर्षकै सबैभन्दा लामो दिन : यसकारण अति महत्वपूर्ण छ



हाम्रो इकोनोमि

आज यस वर्षकै विशेष दिन पर्न गएको छ । आज जून २१ तारिख अर्थात वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ ।

नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुने जानकारी दिइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा ५ बजेर ९ मिनेट जाँदा सुर्योदय भएको छ भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ ।

 

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ ।

यो वर्ष आजको दिन लामो हुने भएको हो । अर्को महत्वपुर्ण कुरा भोलिदेखि दिन छोटो र रात लामो हुँदै जान्छ ।

यस्तै, नेपालमा अहिले गर्मी चर्को हुँदै गएपनि आजदेखि औपचारिक रुपमा गर्मी सुरु भएको मानिदै आएको छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छन ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...