कठोर सङ्घर्ष पछि आफ्नै खुट्टाले यसरि हिडन थाले ‘कृष्ण वली’….भिडियो



हाम्रो इकोनोमि

 

हात खुट्टा गुमाएका कृष्णलाई एक्लै छोडेर रुपा कतै जान सकिनन् । बरु कृष्णसंगै जिउने र मर्ने रुपाले कसम खाईन । त्यसपछिको उनीहरुको कठिन जिबन संघर्षले नयाँ मोड लियो । फलस्वरुप आज कृष्णले हातखुट्टा पाए । ३७० दिनको कठोर संघर्ष र रुपाको प्रगाढ माया भित्र विश्वभर रहेका मनकारी सहयोगी दाताहरुको कारण आज कृष्णले नयाँ हात र खुट्टा पाएका छन् ।

 

३७० दिनको कठोर सङ्घर्ष पछि कृष्ण ओली आफ्नै खुट्टाले हिडन थालेका छन् । दुख र पिडाको बिचको उनीहरुको जिबनले नयाँ मोड लिनुमा संचारकर्मी तथा कलाकार शिशिर योगीलाई श्रेय जान्छ । सायद यो घटना उनले बाहिर ल्याउदैनथे भने कृष्णले नयाँ हात र खुट्टा पाउने थिएनन होला । यतिबेला रुपा मगर र कृष्ण ओलीको बैबाहिक जिबनले २ बर्ष पार गरेको छ ।

 

त्यहि बर्षगांठको उपलक्ष्यमा शिशिर भण्डारीले कृष्ण र रुपाको कारण आफु पनि भाग्यमानी भएको बताए । रुपा र कृष्णको बैबाहिक जिबनले २ बर्ष पुरा भएको एनिभर्सरीको दिन शिशिर भण्डारीले भने, ‘म भाग्यमानी थिएँ , जस्ले यो समयका मुना र मदन जस्तै जोडीको कथा बाहिर ल्याउन पाएँ । मैले जीवनमा केहि गरें जस्तो लाग्यो, तिमीहरुको दुखको सारथी बन्न पाएँ ।

 

हामीले त हौसला दिने मात्रै हो, जीवनका कठिन र सरल बाटोहरु तिमीहरुले नै हिड्नु छ । यो माया, साथ र बिश्वास कहिल्यै नटुटोस भाई कृष्ण र बहिनी रुपा । तिमीहरुको बैवाहिक जीवन २ बर्ष पुरा भएकोमा मुरी मुरी शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...