जनकपुरमा ठूलो बिस्फोट : ८ सिलिण्डर पड्कीएपछि होटलमा भीषण आगलागी



हाम्रो इकोनोमि

 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२, पदम चोकमा ठूलो बिस्फोट भएको छ । ठूलो बिस्फोटको आवाजसहित गोविन्द मिष्ठान्न भण्डारबाट भीषण आगलागी सुरु भएको छ ।

अहिले आगलागी अन्य दुई पसलमा पनि फैलिएको छ ।

 

राति करिब २–४० मा आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट हुँदा ३ वटा होटल जलेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालका अनुसार प्रारम्भिक अनुसन्धानले फ्रिजको तार सर्ट भएर आगलागी सुरु भएको हुनसक्ने देखिएको छ ।

‘कामदारले आगलागी भएको थाहा पाउनासाथ प्रहरीलाई खबर गरेका थिए’, खनालले भने, ‘खबर पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।’

उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा बिहीबार बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको खनालले बताए । क्षतिको पूर्ण विवरण आएको छैन । आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...