माइतीघर मण्डलामा देखियो कसैले नसोचेको भिड



हाम्रो इकोनोमि

 

 

लामो समय देखि चर्चाको विषय बन्न पुगेको गुठी विधेयक सरकारले फिर्ता लिएको छ । तर विधेयक खारेजी माग गर्दै राजधानीमा आज बृहत प्रदर्शन भईरहेको छ ।

जनआन्दोदनको झल्को दिनेगरी भएको प्रदर्शनमा हजारौंको सहभागिता देखिएको छ । राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको छ ।

 

जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका छन् भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिइएको छ ।

विधेयक खारेज हुनुपर्ने भन्दै सरोकारवालाहरु प्रदर्शनमा उत्रिएका हुन् । गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण भएकाले यो खारेज हुनुपर्ने आन्दोलनमा सहभागीहरुले जोड दिएका छन् ।

प्रदर्शनकारीहरुले विधेयकको खारेजी माग गर्दै राजधानीको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरेका छन् । प्रदर्शनपछि थापाथली, त्रिपुरेश्वर, माइतीघरलगायतका स्थानको सवारी आवागमन ठप्प छ ।

प्रहरी समेृत व्यापक रुपमा परिचालन गरिएको छ । अहिलेसम्म प्रशासन तर्फबाट बल प्रयोग भएको छैन । सामान्य रुपमा हेर्दा यो भिड सरकारले थेग्न नसक्ने गरी देखिएको छ ।

केही दिन पहिले संसदमा एक सांसदले माइतीघरमा जम्मा भएर आन्दोलन गर्नेहरु भाडाका मानिस भएको भनेकी थिईन् । उनलाई र सिंगो सरकारलाई आजको यो भिडले झस्काएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...