ललितपुरमै १३ वर्षीया बालिकालाई अपहरण गरी ८ दिनसम्म कोठामा थुनेर पटक–पटक बलात्कार



हाम्रो इकोनोमि

 

 

नेपालमा नै सुन्दापनि आङ्ग नै जिरीङ्ग हुने घटना भइरहेका छन् । राजधानी काठमाडौ समेत रहेको उपत्यकाको ललितपुर जिल्लामा यस्तै अर्को घटना भएको छ ।

सामुदायिक बाल उद्धार केन्द्रको संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई प्रलोभनमा पारेर अपहरण तथा बन्धक बनाएर ८ दिनसम्म बारम्बार बलात्कार गर्ने बलात्कारीलाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।

२०६३ सालदेखि सामुदायिक बाल उद्धार केन्द्रको संरक्षणमा रहेकी १३ बर्षीय बालिका हराएको ८ दिनपछि फेला परेकी थिइन् । बालिका हराएपछि प्रहरीले व्यापक खोजी गरिरहेको थियो ।

बालिका केन्द्रको सम्पर्कमा नआएको खबर भएपछि प्रहरीले जेठ ३२ गते साँझ ८ बजेतिर महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीस्थित राजेन्द्र महर्जनको घरबाट फेला पारेको थियो ।

 

फेला परेकी १३ बालिकालाई महर्जनको घरमा डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ चाइनागेट स्थायी घर भएका विभुलाल जोशीले जबरजस्ती करणी गर्दै आइरहेको खुल्न आएको छ । केन्द्रको संरक्षणमा रहेकी १३ वर्षीया बालिका (आर) लाई जेठ २५ गते जोशीले प्रलोभनमा पारेर आफ्नो

कोठामा लगेर जबरजस्ती करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको हो ।

छिमेकीलाई दाजुको छोरी भन्दै परिचय समेत लुकाएर जोशीले बालिकालाई सटरभित्र लुकाई पटक–पटक जबरजस्ती करणी गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए ।

जोशीलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।

जोशीले पहिला पनि बालिकालाई जबरजस्ती करणी गर्दै आएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...