भोटेकोशी गाउँपालिकाको भौतिक पूर्वाधारको योजनाको घोषणा



हाम्रो इकोनोमि

 

चीनको सिमानमा रहेको भोटेकोशी गाउँपालिकाले प्रबिधिमैत्री शिक्षा अन्तर्गत भिन्नाभिन्नै माध्यामिक बिद्यालयलाई कृषि, जडिबुटी,पर्यटन र ब्यापार अध्ययनको योजना अघि सारेको छ । त्यसका लागि भौतिक पूर्वाधारको योजनासमेत अघि सारेको छ । गाउँपालिकाको शैक्षिक योजनाको घोषणा गर्दै यहाँका बालबालिका लाई प्रबिधीमैत्री वनाउने योजना वनाइएको छ ।

 

एक बालक एक गमला, एक बयष्क वालक दुई आना जमिन एक किशोर एक रोपानी जमिनको अवधारणसहित कक्षा १२ उतीर्ण हुने बेलासम्म जमिनमा आपैm उत्पादन गर्न सक्ने शिक्षा प्रणाली तयार गर्न लागिएको हो । यसले बिद्यार्थीलाई माटोसँग सामिप्यता बढाउने कारण पनि यस प्रकारको योजना अघि सारिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

 

साथै दुर्गम भेगमा पर्ने यहाँका बिद्यालयमा पनि प्रविधिमैत्री तुल्याउनका लागि एक बर्षभित्र सवै शिक्षकले ल्यापटप प्रयोग गरेर मात्र अध्यापन गराउने ब्यवस्था मिलाउने योजना रहेको छ । साथै बिद्यालयमा अबिभावक,बिद्यार्थी र शिक्षकबीच समन्वयका लागि प्रत्येक बिद्यालयमा बिशेष समन्वयको ब्यवस्था मिलाउने योजना रहेको छ । यहाँका लागि स्थानीय प्रकृतिक स्रोत साधनको प्रयोग हुने र स्थानीय पाठ्क्रमको अध्ययनका लागि पाठ्यक्रम समितिनै निर्माण गर्ने पौडेलले बताए ।

 

साथै, गाउँपालिकाभित्रका बिभिन्न बस्तुको खोज अनुसन्धानका लागि बिद्यार्थीलाई प्रोत्साहन पुरस्कारका ब्यवस्था पनि गाउँपालिकाले गर्न लागेको छ । योग्यता भएर पनि तल्लोतहमा जागीर गरेका शिक्षकहरुका लागि प्रोत्साहन भत्ताको ब्यवस्था गरिने योजान रहेको छ । ब्यापार पर्यटन तथा जडिबुटीसहितको नमुना शैक्षिक अध्ययन केन्द्र वनाई न्यायसहितको आत्मनिर्भर वेरोजगार मुक्त गाउँपालिका वनाईने योजना घोषणापत्रका सार्वजनिक गरिएको छ । दुई दिनसम्म गाउँपालिकास्तरीय शैक्षिक सम्मेलन आयोजना गरेको थियो ।

 

सो सम्मेलनको प्रदेश तीनका उद्योग,वन,वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले उद्घाटन गरेका थिए । मन्त्री नेपालले यो क्षेत्र ब्यापक संभावनाको भएको क्षेत्र भएपनि उचित ब्यवस्थापनका कारण पछि परेको बताए । त्यसका लागि अव नयाँ शैक्षिक नीतिले धेरै सहयोग गर्ने नेपालको बिश्वास थियो । सम्मेलनले १० बुँदे घोषणापत्र जारी गरेको थियो । शैक्षिक सम्मेलनमा यहाँका शैक्षिक अगुवाहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...