संसदमा प्रधानमन्त्रीले बोल्न खोज्दा कांग्रेसको अवरोध



हाम्रो इकोनोमि

 

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न खोज्दा प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ ।

 

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुखले उनीहरुलाई समय नदिई प्रधानमन्त्रीलाई बोल्न समय दिए ।

लगतै उनीहरुले रोष्टम घेराउ गरेका छन् ।

 

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बैठक स्थगित गरेका छन् ।

संसद्को अर्को बैठक भोलि बस्नेछ ।

 

युरोप घुमेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारले संसद्मा पेश गरेको गुठीसम्बन्धी विधेयकसँगै आफ्नो युरोप भ्रमणबारे जानकारी गराउने कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...