एक्कासी सुर्खेत अशान्त, प्रहरी र प्रर्दशनकारीबीच झडप



हाम्रो इकोनोमि

 

आज एक्कासी सुर्खेत अशान्त बनेको छ । सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय टि–सर्टकै कारण आन्दोलन सुरु गरेका विद्यार्थीमाथी प्रहरी खनिएपछि त्यहाँ झडप भएको हो ।

विश्वविद्यालयको नवौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयले टि–सर्ट लगाउने बहानमा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले कार्यक्रम स्थलमै नाराबाजी र ढुङ्गामुडा गरेका छन् ।

काठमाडौंको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले संयुक्त विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।

प्रहरीले विद्यार्थीहरुको आन्दोलनलाई तितरबितर पार्नखोजेपछि झडप भएको छ ।

झडपका क्रममा एक जना प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरेका अनुसार घाइते प्रहरी जवान सुरेन्द्र महत्तको प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

आन्दोलनमा सहभागी सहभागी दर्जनबढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका विद्यार्थीको परिचय भने प्रहरीले खुलाएको छैन ।

यसैबिच आन्दोलनरत विद्यार्थीहरुले राजधानी कलेजले सौजन्य गरेको दुई बोरा टिर्सट नियन्त्रणमा लिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष धुपेन्द्र शाहीले जानकारी दिए ।

पदाधिकारीहरुले विद्यार्थी बिनै बन्द कोठामा नवौं स्थापना दिवश मनाई रहेका छन् ।

कार्यक्रम भैरहेको सभाहलमा विद्यार्थीहरुलाई प्रवेश निधेष गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...