मोटी महिला रोजेका पुरुष धेरै खुशी



हाम्रो इकोनोमि

 

नेसनल अटोनामस युनिभर्सिटी अफ मेक्सिकोमा भएको सोध अनुसार प्लस साइज महिलाहरुको जीवनसाथी दुब्ली महिलाहरुको तुलनामा १० गुना बढी खुशी रहन्छन् ।

मोटी महिलाहरु आफ्नो साथीलाई जिममा जाने र फिट रहनको लागि पनि दबाब गर्दैनन् । र, ऊ आफु पनि तौल कम गर्ने कोसिस गर्दैनन् । दुवै सँगै खानेकुरा खान मन पराउँछन् । महिला होस् वा पूरुष । जब आफ्नो जीवनसाथीको बारेमा सोच्छन् । आफ्नो लागि ‘पर्फेक्ट म्याच’ नै खोज्छन् । यसको लागि धेरै महत्वपुर्ण कुरा ‘लुक्स’ पनि हो ।

पुरुषहरुको कुरा गर्ने हो भने उनीहरुको रोजाइमा अग्लो र दुब्लो केटी नै पर्छन् । तर हालै गरिएको सोध अनुसार मोटी महिलाहरुसँग बिबाह गरेका वा पे्रम सम्बन्धमा रहेका पूरुष धेरै खुशी रहन्छन् ।

भनिन्छ, सुन्दरताको आंकलन उसको अनुहार र शारिरीक वनावटसँग होइन उसको बानी व्यवहारसँग गर्नुपर्छ । अर्काे पनि भनाई छ , फस्र्ट इम्प्रेशन इज लास्ट इन्प्रेशन । हो, हामीले मानिसको बानी व्यवहारबाट उसको सुन्दरताको आंकलन गर्नुअघि नै उसको हाउभाउ र शारिरिक वनावटले हाम्रो मानसपटलमा उनीबारे आफै मुल्यांकन भईसकेको हुन्छ ।

मोटी महिलाहरुसँग प्रेममा परेका पूरुष धेरै मुस्कुराउँछन् र जीवनको लागि उनको व्यवहार धेरै सकारात्मक रहन्छ । उनीहरु धेरै खुशी हुन्छन् । सेन्स अफ ह्युमर पनि राम्रो हुन्छ । यस्तो महिलाहरुको अगाडि खुलेर बोल्नु, आफुलाई व्यक्त गर्नु धेरै सजिलो हुन्छ ।

मोटी महिलाहरु स–सानो कुरामा पनि खुशी हुन्छन् । उनीहरुलाई खुशी हुन कुनै ठूलो बाहाना चाहिदैन् । यस्तो जोडी साथ मिलेर हाँस्छन् । उनीहरुको जिन्दगी धेरै राम्रो हुन्छ र उनीहरुको सम्बन्ध पनि टिकाउ हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

    ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ...

प्रदेश मन्त्रीलाई थुन्ने, मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्रीको चेतावनी

    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काममा उत्तरदायी नबनेमा प्रदेश मन्त्रीदेखि स्थानीय...

संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...