सार्वजनिक सवारी र ट्याक्सी भाडा बढ्यो, असार १ देखि लागू हुने



हाम्रो इकोनोमि

 

सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म बढाएको छ । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।

सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो । विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको बताएको छ।

बिहिबार यायायात व्यवसायी, उपभोक्ता कर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागको भनाइ छ ।

यायायात व्यवसायीले भाडादर समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए । यस अघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो।

उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो । योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ । यसअघि १४ रुपैयाँ थियो। यसैबीच,  सरकारले ट्याक्सी भाडा पनि बढाएको छ । यातायात व्यवस्था विभागले आसर १ गतेदेखि लागू हुने गरी ट्याक्सी भाडा वृद्धि गरेको हो ।

ट्याक्सी भाडा फ्ल्याक डाउन प्रणाली लागू गर्ने भएको छ । यो प्रणाली भनेको चढ्ने बित्तिकै न्यूनतम भाडा उठ्ने प्रणाली हो । यो नियम लागै भएसँग अब ट्याक्सीमा यात्र गर्ने उपभोक्ताले पहिलो एक किलो मिटरसम्म ५० रुपैयाँ तिर्नु पर्नेछ।

यात्रुले ५० रुपैयाँमा एक किलो मिटरसम्म यात्रा गर्न पाउने छन् । तर, त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने छ। यस अघि ट्याक्सी चढन साथ १४ रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...