ओम अस्पतालमा पित्तथैलीको अपरेशन गर्दा आन्द्रा काटिएपछि विरामीको मृत्यु



हाम्रो इकोनोमि

 

ओम अस्पतालले पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएको छ । रामप्यारीको गत शुक्रशार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अस्पतालले बिहीबार मृतक घोषणा गरेको छ । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् ।

ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । ‘निको हुँदै छ भनेर डक्टर भन्नुभएको थियो । तर आज विहान सात बजे मृत्यु भयो भन्नुभयो’, बिरामीका आफन्त खड्ग श्रेष्ठले भने, ‘अस्पतालको चरम लापरवाहीले राम्रै मानिसको पनि यो हालत भएको छ ।’ रामप्यारीलाई मृतक घोषणा गरेसँगै आफन्तले ओम अस्पतालमा नाराबाजी गरेका छन् ।

 

यसरी भयो रामप्यारीको मृत्यु

इन्द्रावती गाउँपाालिका-१०, सिन्धुपाल्चोककी रामप्यारी बिहीबार स्वास्थ्य जाँच गराउन ओम अस्पताल पुगेकी थिइन् । उनको पित्तथैलीमा पत्थरी भएको पत्ता लाग्यो । अस्पतालले शुक्रबार अपरेशन गर्ने भन्यो ।

 

शुक्रबार रामप्यारी घरमा खाना पकाएर आफन्तलाई खुवाएपछि आफू भने अपरेशनका लागि भोको पेट अस्पताल पुगिन् । डा. रविन कोइरालाको नेतृत्वमा उनको अपरेशन भयो । तर, शनिबार विहानैदेखि अचानक रामप्यारीलाई श्वासप्रश्वासमा समस्या देखियो । रक्तचाप ह्वात्तै घट्यो, कम्प्रेसर बढ्ने लगायतका समस्या हुन थाल्यो । शनिबार नै अस्पतालले सम्पूर्ण जाँच गर्‍यो र, रामप्यारीलाई आईसीयूमा राख्यो । अस्पतालले आइतबार मात्र रामप्यारीको आन्द्रामा प्वाल परेको पत्ता लगायो ।

त्य

ही दिन अर्को अपरेशन गरियो । अपरेशनका क्रममा मलद्वारतर्फ जाने डेढ मिटर आन्द्रा काटेर फ्याकिएको डा. कोइरालाले विरामीको आफन्तलाई जानकारी दिए । अप्रेशनपछि रामप्यारीलाई भेन्टिलेशनमा राखियो । खड्कले बताए, ‘हामीले दिनमा ६० हजार रुपैयाँसम्म औषधी प्रयोग गरेका छौँ । उपचारको क्रममा चार लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।’ अप्रेशनपछि अस्पतालले रामप्यारीको अवस्था सुधार हुँदै गएको बताएको थियो । तर, बिहीबार विहान दुःखद खबर घोषणा गर्‍यो ।

 

पीडितको माग

अस्तालको लापरबाही भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन् । उनीहरुले यसबारे उचित छानबिन हुनुपर्ने, डाक्टरले माफी माग्नुपर्ने र उचित क्षेतिपूर्ति दिनुपर्ने माग गरेका छन् । तर, यसबारे अस्पतालले केही नबालेको खड्गले  बताए ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...