श्रीमानलाई जेल पठाएर ससुरासँग मस्ती



हाम्रो इकोनोमि

 

भारतको अमृतपुर जिल्लामा अनौठो घटना सार्वजनिक भएको छ । जहाँ एक महिलाले आफ्नै श्रीमानलाई जेल पठाएर ससुरासँग मस्ती गर्दै आएको खुलासा भएको हो ।

श्रीमानसँग विवाह गरेर आएको केही समयमै ससुराको मायाजालमा फसेकी महिलाले यस्तो कदम उठाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अमृतपुरका अमृतपाल सिंहलाई उनकै श्रीमतीले आत्महत्या गर्न खोजेको झुटो आरोपमा जेल पठाएर ससुरासँग शारीरिक सम्पर्क राख्दै आएको खुलेको हो ।

यो खुलासा अमृतपालले एक भिडियो मार्फत गरेका छन् । श्रीमतीले धोका दिएर आफ्नै बुबासँग सम्बन्ध राखेपछि सहन नसकेर अमृतपालले शुक्रबार श्री दरबार साहिबको अगाडि आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअगाडि भिडियो सार्वजनिक गरेर उनले यस्तो खुलासा गरेको समाचारमा जनाइएको छ ।

अमृतपाल सिंहले भनेका छन् कि-‘मेरी पत्नीको मेरा बुबा (पत्निका ससुरा)सँग नाजायज सम्बन्ध थियो, जसका कारण मलाई मार्न पहिला पनि कोशिश गरिएको थियो, र आत्महत्या गर्न खोजेको आरोपमा मलाई केही समय जेल पनि पठाइयो ।

त्यो सहन नसकेर म संसारबाट बिदा लिने निर्णयमा पुगेको हुँ ।’ यो खबर सार्वजनिक भएपछि समाजिक सञ्जालमा उनले बोलेको भिडियो भाईरल बनेको छ । यस विषयमा प्रहरीले कुनै प्रतिक्रिया जनाएको छैन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...