टमाटरको प्रयोग गरेर घरैमा यसरी बनाउनुस् आफ्नो अनुहारलाई सुन्दर



हाम्रो इकोनोमि

 

टमाटर हाम्रो भान्सामा तरकारीको स्वादको लागी अति आवश्यक चिज हो । किनभने यसको दैनिक सेवनले हामीलाई सुर्यको हानिकारण किरणबाट पनि बचाउने एक अध्ययनले जनाएको छ ।

त्यस्तै डाक्टरहरुको अनुसार पनि टमाटर दैनिक खानाले अनुहारमा भएको विभिन्न किसिमका समस्याहरु हटेर सफा ,सुन्दर र चमकता आउनेछ ।

आज हामी यही फाइदाजनको टमाटरको प्रयोग गरेर घरै बसेर आफ्नो अनुहारलाई कसरी सुन्दर बनाउने सिकाउदै छौँ । त्यसपछि पार्लर जानु पनि पर्दैन् । पैसा पनि खर्च हुदैन् । हेरौ ४ घरेलुविधी

पहिलो विधी, (टमाटर र निबुवा)
सबैभन्दा पहिले एउटा कचौरामा टमाटरको भित्री रस (गुदी) र निबुवाको रसलाई चम्चाले राम्ररी मिक्स गर्नुस् ।

अनि उक्त फेस प्याकलाई दैनिक अनुहारमा लगाएर केही समयपछि सफा पानीले धुर्नुस् । त्यसपछि हेर्नुस् , तपाईको अनुहारमा भएको कालोे दाग , धब्बा हटेर कोमल र सुन्दर हुनेछ ।

दोस्रो विधी , (टमाटर , दही र निबुवा)
यसका लागी पनि एउटा कचौरामा टमाटरको रस , दहि र निबुवाको रसलाई चम्चाले राम्ररी मिक्स गरेर अनुहारमा लगाउनुस् ।

अनि अनुहारमा लगाएको केही समयपछि सफा पानीले धुनुस् । त्यसपछि हेर्नुस् , तपाईको अनुहार यसको दैनिक प्रयोगले कति सुन्दर हुनेछ । किनभने यो मिश्रणले छालालाई प्राकृतिक रुपमा सफा गर्दछ ।

तेस्रो विधी, (टमाटर र चिनी)
सबैभन्दा पहिले एउटा कचौरामा माथिको विधी जस्तै टमाटरको एक टुक्रा र चिनीलाई मिक्स गर्नुस् ।

अनि उक्त फेस प्याकलाई अनुहारमा लगाएर १० मिनेट त्यतिकै छोडिदिनुस् । १० मिनेटपछि सफा पानीले धुनुस् ।

वा टमाटर र चिनीको सट्टामा टमाटर र महँ पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यसपछि तपाईको अनुहारमा नसोचेको चमकता आउनेछ । एकचोटि प्रयोग गरेर हेर्नुस् ।

चौथो विधी (टमाटर ,महँ र बेसन)
माथिकै जसरी नै एउटा कचौरामा टमाटरको रस , महँ ,बेसन , दाल ,पुदिनाको पातको पेष्ट बनाएर लगाउनुस् । यो अनुहारको लागी फाइदाजनक भएकाले रुखो छालालाई कोमल बनाएर सुन्दरता आउनेछ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...