महिला यात्रुले शौचालय सम्झेर विमानको इमरजेन्सी ढोका खोलिदिएपछि…



हाम्रो इकोनोमि

 

यात्रुले खचाखच भरिएको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)को एक उडानमा सवार एक महिला यात्रीले आपातकालीन निकास द्वारलाई शौचालय सम्झिएर खोलेपछि तनावको स्थिति उत्पन्न भएको हो ।

 

पाकिस्तान राष्ट्रीय विमान कम्पनिका अनुसार शनिवार बिहान म्यान्चेस्टर हवाई अड्डाको रनवेमा थियो । जसक्रममा एक महिलाले नजानेर एक बटन दबाइन्, जसकारण आपातकालीन निकास द्वार एक्कासी खुल्न पुग्यो ।

 

सो घटनाको कारण उडान पीके ७०२ ७ घण्टा ‘डिले’ हुन पुगेको पीआईएका एक प्रवक्ताले बताए । आपातकालीन निकास द्वार खोलिएपछि विमानमा रहेका ४० यात्रुहरुलाई मानक संचालन प्रक्रिया अपनाएर सामान सहित विमानबाट उतारिएको बताइएको छ ।

 

विमानबाट उतारिए पश्चात तत्कालै यात्रुहरुलाई होटलमा बस्ने व्यवस्था गरिएको र पछि अन्य उडान मार्फत गन्तव्य तर्फ पठाइएको पीआईएले जानकारी दिएको छ । एजेन्सी

 

मेघ गर्जनसहित वर्षा हुने भन्दै मौसमविद्ले जारी गरे यस्तो डरलाग्दो सुचना

 

आज देशका मध्य तथा तराई क्षेत्रका अधिकांश भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आइतबार दिउँसो देशका मध्य तथा तराईका केही भू–भागमा मेघगर्जन गराउने बादलको प्रणालीको विकास भैरहेको छ । यो विस्तारै उत्तर–पूर्वतर्फ सर्दैछ ।

यसकै कारण हावाहुरी र चट्टयाङ्गको खतरा देखिएको हो । चितवनको दक्षिणी भेगमा मेघगर्जन सुरू भइसकेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । मौसमबारे थप जानकारी तल राखिएको छ ।

जेठ २७ गते (सोमवार) दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ २८ गते (मंगलबार) दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ २९ गते (बुधबार) दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...