श्रीमान विदेशमा, श्रीमती अर्कै केटासँग टाप, २ बर्षे छोराको भयो बिजोग



हाम्रो इकोनोमि

 

यतिवेला बहुसंख्यक नेपालीलाई वैदेशिक रोजगारी ‘नखाउँ भने दिनभरीको शिकार, खाँउ भने कान्छो बाउको अनुहार’ जस्तै भएको छ । विदेश नजाउ भने घरको चुल्हो बल्दैन, जाउ भने वैवाहिक जीवन तहसनहस हुन्छ । विहे नगरेर विदेश गएकाको हकमा भने यो कुरा शतप्रतिशत लागु हुँदैन ।

 

अविवाहितहरुको हकमा यो थोरै लागु हुन्छ । यदि उनीहरुका प्रेमी-प्रेमीका भएको खण्डमा मात्रै यो लागु हुन्छ । तैपनि जति विवाहितहरुको घर भताभुङ्ग हुन्छ त्यति मात्रामा अविभाहितहरुको भने निश्चित रुपमा हुँदैन । रोजगारीको शिलशिलामा विदेशिएकाहरुको श्रीमतीहरु अर्कैसँग पोइला हिँडेको जति सुनिन्छ विदेशिएका श्रीमतीहरुका श्रीमानले अर्की ल्याएको कमै मात्रमा सुनिन्छ, देखिन्छ ।

 

पछिल्लो समय विदेशिएकाहरुका श्रीमतीहरु पोइला जाने क्रम अत्याधिक बढ्दो छ । भर्खरै विहे भएकादेखि लिएर विहे भएको बर्षौ भएका तथा दर्जनौ सन्तानका आमा बनेकाहरु पनि पोइला हिँडेको हाम्रो गाँउ समाजमा प्रशस्तै उदाहरणहरु देख्न सकिन्छ ।

 

बिचरा विदेशिएका श्रीमानहरु श्रीमती र छोराछोरीका लागि अरबको तातो घाममा भेडा चढाउनेदेखि लिएर जोखिमयुक्त कामसँगै पैठेजोरी खेल्दै पैसा कमाउछन्, उनीहरुले भोकलाई भोक नभनी, दुःखलाई दुःख नभनी सबै कुरालाई सहेर पसिना तप तप चुहाउदै आँशु पिउदै विदेशी भूमीमा जोतिन्छन् । केवल सन्तान र जीवनसाथीका लागि ।

 

तर, त्यसरी कमाएको पैसा उनका सन्तालाई भन्दा पनि गाँउमा रहेका श्रीमतीहरुले मोजमस्तीमै उडाईदिन्छन् । कतिपयले त गाँउमा अर्कै केटाका लागि श्रीमानले मरी मरी कमाएको पैसा खर्चेको समेत देख्न सुन्न पाईन्छ । उता श्रीमान श्रीमतीले घर चलाउन र लालाबालाका लागि आफूले कमाएको पैसा खर्चेकी छ भन्ने विश्वासमा मिठो सपना देखेर दुःखलाई भूलेर कामममा खटिन्छ तर, उसको विश्वास त्यतिवेला बालुवामा पानी हालेको जस्तै बन्छ जतिवेला गाँउमा श्रीमती उसले कमाएर पठाएको सबै धनसम्पत्ति बोकेर अर्कैसँग टाप कस्छे ।

 

त्यतिवेला विदेशबाट घर फर्केको श्रीमानसँग न आफूले ज्यानको बाजी राखेर कमाएको धनसम्पत्ति हुन्छ न त सँगै जिउने मर्ने कसम खाएर विहे गरेकी श्रीमती घरमै हुन्छे । भएका सन्तान घर न घाटको अवस्थामा बाँचिरहेको देख्दा त्यो अभागी श्रीमानलाई चक्कर आउछ, पृथ्वी भाँसिए जस्तै र सबै सकिए जस्तै हुन्छ । तर, सबै वैदेशिक रोजगारीमा गएका श्रीमानहरुको हकमा भने यो लागु हुँदैन । हो यस्तै बेहालको जीवन जीउन पुगेका छन् रोल्पाका रेशम महरा ‘क्षितिज’ ।

 

रोल्पा जिल्ला साविकको गजुल गाविस वडा नं ८ क्वालीगाँउ (धाओखोला) तथा अहिलेको सुनिल स्मृति गाँउपालिका वडा नं ५ क्वालिगाँउ (धाओखोला) का रेशम निम्न स्तरको पारिवारिक पृष्ठभुमिका हुन् । गाँउमा दुःख जेलो गरेर पनि बर्ष दिन खान नपुग्ने अवस्थामा रहेका रेशम निकै दुःख गरेर हुर्किएका थिए । तीन दाजुभाई मध्ये जेठा रेशम हुर्किएसँगै ऋण खोजेर वैदेशिक रोजगारीमा उडे ।

 

२९ बर्षीय रेशम करिब ३ बर्षअघि साउदी उडेका थिए । रेशमले त्यतिवेला विहे गरेको लगभग ३ बर्ष भएको थियो । ३ बर्षको वैवाहिक जीवनमा रेशमले श्रीमतीको फरिया फेरिदिने र भर्खर एक बर्ष भएकी छोरीको राम्रो शिक्षा दिक्षाका लागि जन्मभूमी छोड्ने बाध्यताको संकल्प लिए । उनलाई केवल श्रीमती र छोरीको खुशीका लागि मात्रै विदेश जानु थियो । विहे गरेर श्रीमती भित्र्याएको तीन बर्षमै जन्मभूमी छोडेर विदेशिनु रेशमको बाध्यता थियो जुन आम नेपालीको रहेको छ ।

 

उनले विदेश जाने निर्णय गरे श्रीमती पनि राजी भईन । उनले गहभरी आँशु छोड्दै श्रीमानलाई हात हल्लाईन् । रेशमका आँखा ओभाउन महिनौ लाग्यो तर, श्रीमती सपनालाई कति दिन लाग्यो रेशम अहिलेसम्म पनि बेखबर छन् । उनी विदेशमा भएपनि भर्खर बर्षदिन पुगेकी छोरी तुलसी र श्रीमती सपना उनका आँखाभरी आइरहन्थे । दिनभरी काममा खटिने रेशम राति मोबाइलमै श्रीमती र छोरीलाई हेरेर विस्तारामा निदाउथे र छोरी तुलसी र सपनाकै सपना देख्थे । तर, यता गाँउमा श्रीमती सपनाले भने सपनामा श्रीमान रेशमलाई होइन अरुलाई देख्न थालीसकेकी रहिछन् ।

 

श्रीमानसँग पैसाका लागि मात्रै सपनाले फोनमा कुरा गर्दिरहिछन् श्रीमानको मायाले त पटक्कै रहिन रहेछ । तर, विचरा रेशम यी सबै कुराबाट बेखबर रहीरहे । उनलाई घरबाट न त बाबु आमाले खबर गरिदिए न त भाईहरुले नै भाउजुको बारेमा कुनै जानकारी नै गराए । श्रीमतीले मागेको पैसा पठाईरहे श्रीमती घर नजिकैको सुलीचौर बजारमा अरु नैकेटाहरुसँग मस्ती गरिरहिन् । श्रीमान तथा घरका सदस्यहरुलाई बजारमा किनमेल गर्नुछ भनेर जाने र परपुरुषहरुसँग रमाइलो गर्ने सपनाको लत बसेको उनका श्रीमानले यतिवेला गला अवरुद्ध पार्दै बताउछन् ।

 

उनले साउदीबाटै फोन गरेर मैले समयमा थाहा नपाउदा आज यस्तो अवस्था आयो भनेर गुनासो गर्छन् । करिब बर्ष दिन अगाडी साउदीबाट नेपाल फर्किदा  रेशमले काठमाडौं बोलाए श्रीमती सपना आइनन्, घर नजिकैको बजारमा बोलाए त्यहाँ पनि आईनन् । तीन बर्षपछि फर्किदा पनि श्रीमतीले मत्लव नगरेको देख्दा आफूलाई शंका लागेको रेशमले बताए । उनले घर फर्किएपछि घर बनाउन थाले श्रीमतीलाई कुनै उत्साही देखेनन् ।

 

घर बनाउदा पनि श्रीमतीको कुनै सहयोग नपाएको उनको गुनासो छ । त्यो बीचमा श्रीमतीसँग उनको ठाक ठुक झगडा परिरहन थाल्यो । उनी निराश बने । हिँजोको निम्स्तरको अवस्थाबाट उनले आफ्नो अवस्था माथि उकासिसकेका थिए । श्रीमती र छोराछोरीकै लागि घर बनाए पैसा कमाए तर, श्रीमतीको मुहारमा पटक्कै खुशी नदेख्दा रेशम निकै निराश थिए । आफ्नो घर नजिकै डाडाँ गाँउबाट उनले सपनालाई विहे गरेका थिए ।

 

सपनाका बाबु आमा नेपालको पुर्ख्यौली जग्गा सबै बेचेर भारतमा बस्दै आएको रेशमले बताए । तैपनि, ससुरा पनि बेला बेलामा नेपाल आएर छोरीलाई घर बस्न दिनुको साटो भारत नै लैजाने प्रयास गर्ने गरेको रेशमको भनाइ छ । यति हुँदा पनि रेशमले श्रीमतीमाथि कुनै शंका नगरेको बताउछन् । त्यसपछि करिब ४ महिना अघि श्रीमतीकै सल्लाहमा फेरी साउदी उडेका रेशमका लागि त्यतिवेला अप्रिय बन्यो जतिवेला चार बर्षकै छोरी लिएर सपनाले अर्कै केटोसँग टाप कसिन् ।

 

यतिवेला साउदीमा रेशमलाई न निद्रा छ न भोक छ । उनले हामीलाई बताए अनुसार श्रीमती आफ्नै मामाघर गएका बेला एकजना गोरे भन्ने केटासँग हिँडिन भन्ने सुनेको बताए । रेशमले श्रीमती हिँडेपछि आफ्ना घरपरिवार गाँउपालिकामा उजुरी गर्न जाँदा गाँउपालिकाले प्रहरीमा पठाएको र प्रहरीमा जाँदा प्रहरीले गाँउपालिकामा पठाउने गरेको गुनासो सुनाए ।

 

उनले आफूले कहाँबाट न्याय पाउन सकिन्छ भन्दै अत्तालिएको दुखेसो गर्छन् । उनले भने, ‘विदेश आएको चार महिना भयो, श्रीमती अर्कैसँग हिँडेपछि अब विदेश पनि किन बस्नु र ?’ न्याय निसाफका लागि आउनुपरे आफू चाँडै नेपाल फर्किने उनले जनाए । वैदेशिक रोजगारीले २९ बर्षको उमेरमा घरबार छिन्नभिन्न भएपछि रेशम निकै निराश छन् । आज गरिवीका कारण हाम्रो देशमा हज्जारौ रेशमहरुको अवस्था योे भन्दा फरक छैन ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...