एकाएक यसकारण रणभुमि बन्यो माइतीघर ! [५ तस्वीर हेर्नुहोस्]



हाम्रो इकोनोमि

 

आज अचानक माइतीघर मण्डला अचानक रणभुमिका परिणत भएको छ ।

जेठ २६ सरकारले संसदमा प्रस्ताव गरेको गुठी विधेयकको विरोध गर्दै प्रदर्शन भएको हो ।

आज माइतीघरमा भएको बिरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि तनाब सुरु भएको हो ।

प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपमा परी केही घाईते भएका छन् ।

प्रदर्शनकारीले गुठी विधेयकका कारण धर्मसंस्कृतिमाथि अत्याचार भएको आरोप लगाउँदै विधयेक खारेजको माग गर्दै आएका छन् ।

देशभर रहेका गुठीका जग्गाहरु अतिक्रमण हुँदा समेत सरकारले वास्ता नगरेको , भूमाफियालाई संरक्षण गर्न गुठी ऐन ल्याउन खोजेको आरोप लगाउदै प्रर्दशन गरिएको हो ।

बिरोध प्रर्दशनको क्रममा सम्पदा बचाउ अभियन्ता गणपतिलाल श्रेष्ठले भने ‘यो विधेयक पारित भए काठमाडौंमा रगतको खोलो बग्छ ।

भूमाफियालाई पोस्न ल्याइएको विधयेक कदापि पारित गर्न दिन्नौँ ।’ विधेयक हचुवाको भरमा ल्याईएको उनीहरुको आरोप छ ।

मुलुकमा देवीदेवताका नाममा ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठी छन् ।

परापूर्वदेखि चलिआएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी विधेयक संशोधन गर्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन् ।

प्रर्दशनकै क्रममा प्रहरीले प्रर्दशनकारीहरुलाई तितरवितर पार्न पानीको फोहोरा चलाएको थियो भने केही प्रक्राउ पनि परेका छन् साथै प्रर्दशनकारी घाईते पनि भएका छन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...

काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...