एकाएक यसकारण रणभुमि बन्यो माइतीघर ! [५ तस्वीर हेर्नुहोस्]



हाम्रो इकोनोमि

 

आज अचानक माइतीघर मण्डला अचानक रणभुमिका परिणत भएको छ ।

जेठ २६ सरकारले संसदमा प्रस्ताव गरेको गुठी विधेयकको विरोध गर्दै प्रदर्शन भएको हो ।

आज माइतीघरमा भएको बिरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि तनाब सुरु भएको हो ।

प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपमा परी केही घाईते भएका छन् ।

प्रदर्शनकारीले गुठी विधेयकका कारण धर्मसंस्कृतिमाथि अत्याचार भएको आरोप लगाउँदै विधयेक खारेजको माग गर्दै आएका छन् ।

देशभर रहेका गुठीका जग्गाहरु अतिक्रमण हुँदा समेत सरकारले वास्ता नगरेको , भूमाफियालाई संरक्षण गर्न गुठी ऐन ल्याउन खोजेको आरोप लगाउदै प्रर्दशन गरिएको हो ।

बिरोध प्रर्दशनको क्रममा सम्पदा बचाउ अभियन्ता गणपतिलाल श्रेष्ठले भने ‘यो विधेयक पारित भए काठमाडौंमा रगतको खोलो बग्छ ।

भूमाफियालाई पोस्न ल्याइएको विधयेक कदापि पारित गर्न दिन्नौँ ।’ विधेयक हचुवाको भरमा ल्याईएको उनीहरुको आरोप छ ।

मुलुकमा देवीदेवताका नाममा ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठी छन् ।

परापूर्वदेखि चलिआएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी विधेयक संशोधन गर्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन् ।

प्रर्दशनकै क्रममा प्रहरीले प्रर्दशनकारीहरुलाई तितरवितर पार्न पानीको फोहोरा चलाएको थियो भने केही प्रक्राउ पनि परेका छन् साथै प्रर्दशनकारी घाईते पनि भएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...