दिउँसोदेखि यी क्षेत्रमा हावाहुरीसहितको वर्षा



हाम्रो इकोनोमि

 

 

देशका अघिकांश स्थानमा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा वर्षाको सम्भावना छ ।

दिउँसोदेखि देशका पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी पहाडी भू भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

साथै पूर्वी भूभागका एक दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै, राति देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहने सम्भावना छ ।

देशका पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...

काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...