मेकअप बिना देखिइन् करिना कपुर, मानिसहरुले भने ‘बुढी’



हाम्रो इकोनोमि

 

बलिउड नायिका करिना कपुर खानको एउटा तस्बिर इन्टरनेटमा चर्चा बटुलिरहेको छ । यो तस्बिरमा करिना बिना मेकअप देखिएकी छिन् ।

हुन त उनी मेकअप बिना पनि निकै राम्री देखिएकी छिन् ।

तर सोसल मिडियामा कमेन्ट गर्नेहरुको मुख कसले बन्द गर्न सक्छ र रु यो तस्बिरमा मानिसहरु करिनामाथि विभिन्न टिप्पणी गरिरहेका छन् ।

कर्णिका सिंह नामकी एक प्रयोगकर्ताले करिनालाई उमेरभन्दा पनि बुढी देखिएको बताएकी छिन् ।

हुसैनले त उनलाई ‘डेड बडी’ समेत भन्न भ्याए ।

हुसेनले लेखे, ‘करिना गार्डनमा डेड बडीजस्तै देखिरहेकी छिन् ।’

एक प्रयोगकर्ताले शुद्ध हिन्दीमा लेखे, ‘बुढी देखिरहेको छौ’ ।

कतिले करिनालाई राम्रो कपडा लगाउन पनि सल्लाह दिइरहेका छन् ।स्मरण रहोस्, करिना आजकाल इटलीमा छुट्टी मनाइरहेकी छिन् ।

श्रीमान् सैफ र छोरा तैमुर पनि उनीसँग छन् ।

छुट्टिीपछि करिना टिभीमा डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’ मा जजको रुपमा देखिनेछिन् ।

यो समाचार र्एजेन्सीबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...