०५८ सालमा परिवार गुमाएका एमबीबीएस विद्यार्थी शिशिरले गुगल सर्च गरेर यसरी गरे आत्महत्या



हाम्रो इकोनोमि

 

८ दिनदेखि हराइरहेका काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव शनिबार कीर्तिपुरस्थित पुष्पलाल पार्क नजिकै जंगलमा भेटिएको छ ।

अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि काठमाडौंको कोटेश्वरमा १८ वर्षीय भाईसँग घरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि सम्पर्कविहिन भएका थिए ।

शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि प्रहरीले कीर्तिपुरको पुष्पलाल पार्कमा भेटेको थियो । तर, शिशिरलाई भने भेटाउन सकिरहेको थिएन् ।

चार–पाँच दिनदेखि सोही क्षेत्रलाई आधार बनाएर खोजी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीको प्रहरी टोलीले शनिबार दिउँसो शिशिरको शव फेला पारेको हो ।

केही दिन अगाडि नै मृत्यु भएका कारण शव सडेको अवस्थामा भेटिएको प्रवक्ता बोगटीले पुष्टि गरे ।

२०५८ सालमा सवारी दुर्घटनामा शिशिरले आफ्ना आमाबुबा, दिदीलाई गुमाएका थिए । शिशिर भने सो दुर्घटनामा सकुशल बाँचेको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी बोगटीले जानकारी दिए ।

डिप्रेसनको औषधी खाँदै आएका शिशिर पढाईमा अब्बल रहेको समेत बताइएको छ ।

(आल्मुनियम फोस्फेट) विषादी खाएर आत्महत्या
प्रहरीको प्रारम्भिक अनुसन्धानमा शिशिरले आल्मुनियम फोस्फेट भन्ने विषादी औषधी सेवन गरेर आत्महत्या गरेको पाइएको छ । शिशिरले कोटेश्वरमा रहेको एक एग्रोभेटबाट उक्त विषादी किनेका थिए ।

शव फेला परेको नजिकै शिशिरले प्रयोग गरेको विषादीको खाली डब्बा पनि भेटिएको बताइएको छ । प्रवक्ता बोगटीले भने, ‘शिहिरले कुन विषादी खाँदा मृत्यु हुन्छ भनेर आफ्नो ल्यापटपमा विषादीहरुको नाम पनि सर्च गरेको खुल्न आएको छ ।’

यस्तै शिशिरले आत्महत्या कसरी गर्ने भनेर पनि ल्यापटपमा सर्च गरिएको भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सांसदहरूलाई संसदीय अभ्यासबारे प्रशिक्षण

    प्रतिनिधिसभाका सांसदहरूलाई संघीय संसद् सचिवालयले प्रशिक्षण दिएको छ । संसद भवनभित्रको...

कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण...

रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...