कार्यवाहक प्रधानमन्त्रीसहित मन्त्रिहरु विहानै सडकमा फोहोर उठाउन निस्केपछि…(फोटोफिचर)



हाम्रो इकोनोमि

 

विश्व वातावरण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले सरसफाई कार्यक्रमको आयोजना गरेको छ । वनमन्त्री शक्ति बहादुर वस्नेतको पहलमा मन्त्रीहरुको सरकारी निवास रहेको पुल्चोकस्थित मन्त्री क्वार्टर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

 

सरसफाई कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेना, अर्थमन्त्री युवराज खतिवडालगायत सहभागी थिए । उनिहरुले सरकारी निवासभित्र फोहोर टिप्नुका साथै झाडु समेत लगाएका थिए । यसअघि शनिवार वन विभाग परिषरबाट साइकल ¥यालीको आयोजना समेत गरिएको थियो ।

 

सरकारले यसपटक पहिलो पटक काठमाडौं वाहिर नेपालगंजमा विश्व वातावरण दिवसको आयोजना गरेको थियो । उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...