चर्चित मोडल सोनीकासँगै लिक्वड लाउन्च बारमा यसरी रमाए पुर्व युवराज [१५ तस्वीर]



हाम्रो इकोनोमि
 

नेपाल पर्यटकीय सम्भावना भएको देश हो । नेपालमा पर्यटन व्यवसायको राम्रो भविष्य रहेको धेरैको बुझाई छ । अहिले रिल्याक्स हुनको लागि मानिसहरु थाइल्यान्ड लगायतका देशहरुमा लाखौं, करोडौं खर्च गरेर जान्छन ।

यदी थाइल्यान्डमा भएको जस्तो वातावरण नेपालमा पनि हुने हो भने नेपालीहरुले बाहिर जानुपर्ने आवश्यक्ता कम मात्रामा हुन सक्छ । यसै पर्यटन व्यवसायलाई प्रर्वद्धन गर्नको लागि अनेक प्रयासहरु सरकारी र नीजी दुवै क्षेत्रबाट भएका छन् ।

पछिल्लो समय नेपाली समाजमा आमुल परिवर्तनका पक्षमा आवाज बुलन्द गर्दै आउनु भएकी चर्चित युट्यबर एंव व्यवसायी सोनीका रोकाया अहिले धेरै व्यस्त हुनुहुन्छ ।

जब साँझ पर्दै जान्छ, अनी काठमाडौंको दरवार मार्ग स्थित उड ल्याण्ड कम्पेलेक्सको पहिलो तल्लामा रहेको लिक्इड लाउन्च बारमा देशका ख्याति प्राप्त कलाकार एवम उच्च ओहदाका व्यक्तिहरुको चहलपहल सुरु हुन्छ ।

जति रात छिप्पिदै जान्छ, म्युजिक र मदिराको कक्टेलले वातावरणले फरक अनुभव गराउँन सहयोग गर्दछ । दिनभरीको थकान कम गर्नको लागी साथीभाईहरु जमघट अनी मनोरञ्जनका लागी पछिल्लो समय लिक्इड लाउन्च बारमा नपुग्ने सायदै होलान् । लिक्इड पारिवारिक वातावरण र सस्तोमा उच्च गुणस्तरको सेवाको लागी आम मानिसको रोजाइ बन्न पुगेको छ ।

शान्त वातावरणमा मदिराको स्वाद त्यसमा पनि हरेक मौसम अनुसारको स्वादका पारखीको लागि यो त एक छुट्टै संसार हो । यहाँ परिवारसहित मान्छेहरु थकान कम गर्नको लागि साथै यमाइलो गर्नको लागि पनि आउँने गर्छन । हिजो साँझ लिक्इड लाउन्च बारमा पुर्व युवराजधिराज पारस शाह पुग्दा त्यहाँको दृश्य केही फरक देखिएको थियो ।

त्यहाँ उपस्थित कलाकार मात्र हैन विदेशी पर्यटकसमेतको मुहारमा पनि एक प्रकारको मुस्कान देखिएको थियो । भव्य चहलपहलमा रम्न–रमाउन सोनिका (सञ्चालक) ले युवराज पारसलाई बोलाएकी थिइन । सधै छोटो कपडामा देखिने रोकायलाई हिजो भने केही फरक पहिरनमा देखिएको थियो ।

साथमा चलचित्र निर्माता तथा निर्देशक शोभित बस्नेतलाई पनि साथमा देखिएको थियो । यहाँ विशेष गरेर कलाकारहरुको मुख्य आर्कषण देखिन्छ । बारमा खानासँगै लाइभ म्युजिक हुन्छ ।

सोही ठाउँमा संगीत र डान्सको कक्कटेल मिसाउन सकिन्छ । यहाँ डिजेइङसँगै लाइभ म्युजिकसमेत जमेको हुन्छ । हल्का मदिराको मातमा पार्टनरसँग लपक्क टाँसिएर कम्मर मर्काउन चाहनेका लागि लिक्इड लाउन्च बार राम्रो छनोट हुन सक्ने रोकाय बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना पक्राउ

     महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले...

माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...