मुस्लिम धर्मालम्बीहरुको पर्व ईद उल फित्रमा अध्यक्ष प्रचण्डको शुभकामना



हाम्रो इकोनोमि

 

नेपालमा आज मुस्लिम समुदायले भव्यरुपमा ईद उल फित्र पर्व मनाउँदै छन् । आजको दिन मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलो बडाबाट आशिर्वाद लिँदै ईद उल फित्र मनाउने गर्छन् । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म ठूलाबडा संग आर्शिवाद लिने गरिन्छ ।

 

 

यस बर्षमा मुसलमानहरुले सेवइ, खजुर लगायतका मिठा खानेकुराहरु खाने गर्छन् भने खुसी पूर्वक गच्क्षे अनुसार गरिबलाई दान पनि दिने गर्छन् । आज नेपालमा पनि ईद उल फित्र भव्यताका साथ मनाईदैछ । मस्जिदमा नमाज पाठ गरी ठूलाबडाको आर्शिवाद लिने कार्यक्रम जारी छ । आज सरकारले ईद उल फित्रको अवसरमा सार्वजनिक बिदा पनि दिएको छ ।

 

गत वर्ष सरकारले बिदा कटौती गरेपछि मुस्लिम अगुवाहरूले ईदमा बिदाको माग गर्दै आएका थिए । सरकारले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरेको हो । यस्तै, नेपाल कम्युनिष्ट पार्टी औनेकपाओ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै जाति र धर्मको साझा प्रयासबाट नै समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।

 

मुस्लिम समुदायको महान् चाड इद उल–फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव भएको स्पष्ट पार्नुभएको छ । त्यस्तै अध्यक्ष प्रचण्डले यो चाडले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...