समलिंगी पनि बिहे गर्न आएका छन्- सोनिका रोकाया, मोडल तथा सञ्चारकर्मी



 

 

सोनिका रोकाया, यो चर्चित नाम हो । ‘यु–ट्युबर’का रुपमा चर्चामा आएकी सोनिका ‘बोल्ड’ मोडल पनि हुन् । तर, यतिमै उनको परिचय काफी हुन्न । उनी एक रेष्टुरेण्ट व्यवसायी पनि हुन् । बझाङ, धनगढी हुँदै काठमाडौं छिरेकी यी बोल्ड मोडल तथा सञ्चारकर्मीको जीवनकथा सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।

 

उनी आफ्नो परिचय यसरी दिन्छिन्, ‘म आफूलाई मोडल, सञ्चारकर्मी वा रेष्टुरेण्ट व्यवसायी भन्दा पनि डियरिङ लेडी अर्थात डर नभएकी नारी हुँ ।’ पत्रकारिताको विद्यार्थी समेत रहेकी सोनिकाले यसपटक केही आफ्नाबारे नयाँ खुलासा समेत गरेकी छन् ।

सोनिका रोकाया, मोडल तथा सञ्चारकर्मी

 

 

 

 

 

 

यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

म पश्चिमको बझाङ जन्मिएकी हुँ । पछि हामी बझाङबाट धनगढी बसाइँ स¥यौँ । त्यतिखेर सानै थिएँ । बझाङबाट धनगढी आउँदा बाटोमा खाना खाने होटलमा पहिलोपटक टिभी देखेकी थिएँ । टिभीमा गीत बजिरहेको थियो । त्यतिखेरै मैले सोचेकी ‘म पनि ठूलो भएपछि यस्तै बन्छु’ । त्यो समयमा हाम्रोमा बत्ती आएको थिएन । न त टिभी नै थियो ।

 

 

त्यो बेला पहिलोपटक टिभी देख्दा कस्तो लाग्यो ?

निकै अनौठो । टिभीमा हिन्दी गीत बजिरहेको थियो । टिभीमा नाच्नका लागि टिभीको पछाडि बक्स खोलेर छिर्नुपर्छ होला सोचेकी थिएँ । निकैबेर सोचेर पनि हेरेँ पनि । तर, मम्मीले हामी जाने घरमा पनि टिभी छ भनेपछि त्यहाँबाट हिँडेका थियाँै ।

 

 

सुरुमा काठमाडौं केका लागि आउनु भएको थियो ?

बुढानिलकण्ठ स्कुलमा स्कलरशीप पाएपछि पढ्न आएकी हुँ । मैले कक्षा पाँचदेखि १० सम्म बुढानिलकण्ठ स्कुलमा पढेकी हुँ । त्यसपछि कलेजचाहिँ अन्यमा ज्वाइन गरेँ ।

 

रुचि टिभीमा नाच्ने हिरोइन बन्ने थियो । सञ्चार क्षेत्रमा कसरी लाग्नुभयो ?

हो, तर, मैले पत्रकारिता पनि पढ्दैथिए । प्लस–टुसम्म साइन्स पढेर ब्याचलरमा पत्रकारिता पढ्न सुरु गरेकी हुँ । कलाकार बन्ने रहर भएकाले नै पत्रकारिता पढ्न थालेकी हुँ । पत्रकार भएपछि फिल्मका निर्माता तथा निर्देशकसँग भेट हुन्छ र कलाकार बन्न चान्स पाइन्छ भनेर यता लागेकी हुँ ।

 

पत्रकार बन्ने अवसर कसरी जु¥यो ?

‘केटिएम नेपाल’ भन्ने फेसबुक पेज थियो । जसबाट मैले लाइभ कार्यक्रम चलाउने अवसर पाएँ । त्यतिखेरै मैले ‘प्रेम गीत–२’ को प्रमोशन गर्ने अवसर पाएँ । त्यो अवसर सन्तोष सेनले मलाई दिनुभयो । त्यसपछि अरु फिल्मको पनि प्रमोशन गर्ने अवसर पाएँ । त्यतिखेरै ‘वोउ नेपाल’मा कार्यक्रम प्रस्तोताका लागि अफर आयो । ‘वोउ नेपाल’सँगै म पनि चर्चित बनेँ ।

 

‘वोउ नेपाल’मा कार्यक्रम चलाउँदा डबल मिनिङ लाग्ने प्रश्न गरेर आलोचित बन्नु भयो नि ?

हो, तर त्यो ठाउँमा पुरुष भएको भए विवादित हुँदैनथ्यो होला । त्यसरी डबल मिनिङ लाग्ने प्रश्न गर्नु मैले अरुबाट कपि गरेकी हुँ । तर, मैमाथि विभिन्न गाली र आलोचना भयो । तर, आफ्नै ‘सोनिकाज् शोज’ चलाउँदै आएकी छु । ‘सोनिकाज शोज’मा राम्रो प्रतिक्रिया पाइररहेकी छु ।

 

तपाइँलाई ‘बोल्ड’ मोडल भन्छन् है ?

वोउ नेपालबाटै मलाई बोल्ड सोनिका भन्न थालिएको हो । गायक उजन नेम्बाङको गीत पहिलोपटक मोडलिङ गरेकी हुँ । ‘वोउ नेपाल’को मेरो एक्टिभिटिज देखेरै मलाई अमेरिकादेखि मोडलिङका लागि अफर आयो । नेपालमा पनि बोल्ड टाइपको म्युजिक भिडियो गरौँ न भन्ने प्रस्ताव आएपछि ‘चाहने’ बोलको गीतमा मोडलिङ गरेँ ।

 

हालै सामाजिक सञ्जाल र यु–ट्युब च्यानलमार्फत बिहेका लागि केटा चाहियो भनेर विज्ञापन गर्नुभएको थियो नि ? त्यो खाश के हो ?

हो, । अहिले प्रोसेसमा छ । छोरा मान्छेले केटी खोज्दा हुने अनि केटीले केटा खोज्दा के हुन्छ भनेर विज्ञापन गरेकी हुँ । अहिलेसम्म १० जना छनोट भएका छन् । त्यसमा तेस्रोलिंगीदेखि समलिंगीसम्म छन् । बेला–बेला मेरो बारे चल्ने चर्चाले गर्दा मलाई बिहे गर्न तेस्रो लिंगी र समलिंगी पनि आएका हुन् ।

 

वास्तवमा तपाइँ के हो ?

मलाई कोही समलिंगी भन्छन्, कसैले तेस्रोलिंगी । तर, यो वास्तविकता नबुझेर हो । म जन्मिँदा मेरो कुनै आइडेन्टी थिएन अर्थात म केटा पनि थिइनँ र केटी पनि । मेरो मम्मी नर्स भएकाले म सानै हुँदा मलाई केटी बनाइदिनुभएको हो । अहिले म केटी नै हुँ । तर, पनि केटाको केही नेचर मसँग छ ।

 

‘फोकस आउट’ बन्दै मोडलिङ

 

मोडलिङ युवापुस्ताका लागि आर्कषणको क्षेत्र हो । ग्ल्यामरमा रमाउन चाहनेका लागि गीतसंगीत र फिल्मी दुनियाँपछिको विकल्प पनि मोडलिङ नै हो । किनकि, नेपालको सन्दर्भमा मोडलिङ गर्नुभन्दा सजिलो अरु कला छैन । त्यसैले पछिल्लो समय मोडलिङमा रमाउन चाहने युवायुवतीहरुको संख्या दिनानुदिन थपिँदैछ ।

मोडल : नताशा ब्लोन तामाङ
मेकअप : सरिता थापा मगर
स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोज, पुतलीसडक

नम्रता, केकी, बेनिशाहरु मोडलिङलाई भ¥याङ बनाएर फिल्मी दुनियाँमा प्रवेश गरेसँगै मोडलिङ क्षेत्रमा नयाँ पुस्ताको जगजगी हुन थाल्यो । त्यो जगजगी यसरी मौलाएको छ कि, ‘वर्षामा च्याउ पनि त्यति सप्रिँदैन होला ।’ तर, यसरी सप्रिएको मोडलिङको जगजगीले पुराना मोडलहरुलाई ‘म कुनै समय मोडल थिएँ’ समेत भन्न लजाउन थालेका छन् ।

तर, मोडलिङमै करिअर बनाउन चाहनेका लागि भने अझै चुनौती नै छ । अर्थात्, यहाँ मोडलिङलाई पेसा बनाउने अवस्था देखिँदैन । तैपनि, रहर र इच्छाले मोडलिङ अपनाउनेहरुको कमी छैन । यही रहरको होडले गर्दा मोडलिङ क्षेत्र ‘अराजक’मात्र नभएर ‘फोकस आउट’ बन्दै गएको छ ।

कुनैबेला मोडलिङ गर्ने मोडलहरुको ‘स्टारडम’ लोभ लाग्दो थियो । त्यो बेला सर्वसाधारणले ती मोडलहरुको ‘स्टारडम’ र ‘फेसनशैली’को कपि गर्थे । कुहिनुर सिंह, सरस्वती सुब्बा, कला सुब्बा, जयन सुब्बा, दिपक घिमिरे, झरना बज्राचार्य, रीमा विश्वकर्मा जस्ता मोडलहरुको ‘स्टारडम’ देखेर नेपाली मोडलिङ क्षेत्रमा थुप्रै नयाँ मोडलहरु उदाए ।

जस्तै, नम्रता श्रेष्ठ, बेनिशा हमाल, केकी अधिकारीहरु झरनाहरुकै ‘स्टारडम’ले लोभिएर मोडल बनेका हुन् । तर, पछिल्लो समय मोडलिङ क्षेत्र यस्तो बन्यो कि, ‘कतै काम नपाएपछि र केही गर्न नसकेपछि मोडलिङ गर्ने ।’ नेपाली मोडलिङ क्षेत्र ‘फोकस आउट’ हुनुको पहिलो कारण हो यो ।

नम्रता, केकी, बेनिशाहरु मोडलिङलाई भ¥याङ बनाएर फिल्मी दुनियाँमा प्रवेश गरेसँगै मोडलिङ क्षेत्रमा नयाँ पुस्ताको जगजगी हुन थाल्यो । त्यो जगजगी यसरी मौलाएको छ कि, ‘वर्षामा च्याउ पनि त्यति सप्रिँदैन होला ।’ तर, यसरी सप्रिएको मोडलिङको जगजगीले पुराना मोडलहरुलाई ‘म कुनै समय मोडल थिएँ’ समेत भन्न लजाउन थालेका छन् ।

 

‘फोकस आउट’को सुरुवात

पहिले–पहिले गीत भन्नेवित्तिकै सुन्ने भन्ने बुझिन्थ्यो । गीत सुन्ने नै हो । तर, इन्टरनेट र यु–ट्युबको पहुँच बढेसँगै ‘गीत हेर्ने’तिर ढल्कियो । पछिल्लो समय गीत सुनिँदैन, हेरिन्छ । हेर्ने गीतको लहर बढेसँगै म्युजिक भिडियोहरु धमाधम बन्न थाले । हिजोआज दैनिक दर्जनभन्दा बढी म्युजिक भिडियो बन्ने गरेका छन् ।

 

यसरी म्युजिक भिडियो निर्माण गर्ने होडसँगै नयाँ–नयाँ मोडलहरु जन्मिन थाले । दैनिक भिडियो निर्माण हुन थालेपछि मोडलहरुको समेत अभाव देखिन थाल्यो । जसले गर्दा गायक÷गायिकाहरुले आफ्नै मान्छे (दाजु, भाई, दिदी वा बहिनीहरु)लाई म्युजिक भिडियोमा खेलाउन थाले । अहिले नेपाली गीतसंगीत क्षेत्रमा यही प्रवृति विद्यमान छ ।

 

मोडलिङको ‘म’समेत थाहा नहुनेलाई एकैचोटी उठाएर मोडल बनाउन प्रवृतिले गर्दा यहाँ जो पनि मोडल बन्न थाल्यो । यहाँ एउटा गीतमा मोडलिङ गर्नेवित्तिकै आफूलाई ‘मोडल’ बन्ने मानसिकता छ । यस्तै प्रवृतिले गर्दा मोडलिङ क्षेत्र ‘फोकस आउट’ हुँदै गयो । अर्कोतिर एउटा गीतमा मोडलिङ गरेपछि पुनः अवसर नपाउँदा ती ‘मोडल’को करिअरमा समेत धक्का पर्न थाल्यो ।

 

एक पटक मोडल भएसकेपछि अन्य काम गर्न अप्ठ्यारो मान्ने र मोडलिङ वा कलाकारिता नै गरिरहँु भने अवसर नपाउने भएकाले मोडलिङको नाममा विकृति बढ्न थाल्यो । यो अहिलेको अवस्था हो । आफूलाई मोडल भन्ने तर काम नपाएपछि मुखमा माक्स लगाएर हिँड्ने ‘बेरोजगार मोडल’हरुको संख्या यहाँ दिनदिनै बढ्दै छ । यसको मुख्य कारण बढ्दो म्युजिक भिडियो निर्माण पनि हो ।

 

यहाँ केही बिकाउ मोडलहरु छन्, जसलाई लिएर जो–सुकै गायक-गायिकाले आफ्नो भिडियोमा खेलाउन हैसियत राख्दैनन् । उनीहरु सस्तो पारिश्रमिक भरसक विना पारिश्रमिक आफ्नो गीतको भिडियोमा काम गर्ने मोडल खोज्छन् । र, मोडलिङप्रति रहर र रुचि हुनेले उनीहरुको डिमाण्ड पूरा गर्दै आएका छन् । मोडलिङ क्षेत्र ‘फोकस आउट’ हुनुको यो दोस्रो कारण हो ।

 

ग्ल्यामर फोटोसुट

मोडलिङको पहिलो खुड्किलो मानिन्छ, फोटोसुट । यही मान्यतालाई धेरै मोडलहरुले अँगाल्दै आएका छन् । यहाँ ग्ल्यामर फोटोसुट गर्नेवित्तिकै ‘मोडल’ भइन्छ भन्ने मानसिकता पाइन्छ । त्यसैले यहाँ दिनदिनै फोटोसुटहरु भइरहेका छन् ।

 

कोही फिल्मको ‘हिरोइन’ बन्नलाई त कसैले ‘मोडलिङ’मा करिअर स्थापित गर्नका लागि फोटोसुट गर्छन् । तर, फोटोसुट गरिसेकेपछि उनीहरुले सोचेजस्तो हुन्न किनकि, राजनीतिमा जस्तै कलाकारितामा पनि अवसर पाउनका लागि ‘नातावाद’ र ‘कृपावाद’ हावी छ ।

 

त्यसैले फोटोसुट गरेर पनि कतै अवसर नपाएपछि ‘केही पाउन केही न केही गुमाउनुपर्छ’ भन्ने सोचमा पुग्छन् । यो विकराल अवस्था पछिल्लो समय झनै फस्टाउँदै गएको छ । जसले गर्दा मोडलिङ क्षेत्र झनै ‘फोकस आउट’ बन्दै गएको छ ।

 

‘मिस’हरु काम विना

सौन्दर्य प्रतियोगिता अर्थात ठेट नेपाली भाषामा ‘सुन्दरी प्रतियोगिता । यहाँ यस्ता प्रतियोगिताहरु दर्जनाँै हुन्छन् । प्रतियोगिता आयोजना गर्नुको उद्देश्य प्रतिभा भएहरुलाई ‘प्लेटफर्म’ अर्थात अवसर प्रदान गर्नु हो । तर, यहाँ आयोजना हुँदै आएका दर्जनौँ सौन्दर्य प्रतियोगिताका विजेता ‘मिस’हरु काम विना छन् । साता–तिना प्रतियोगिताको त कुरै नगरौँ, ‘मिस नेपाल’जस्ता सुन्दरी प्रतियोगिताबाट छनोट भएका ‘सुन्दरी’हरु समेत अधिकांश बेरोजगार छन् ।

 

पहिले–पहिले सुन्दरी प्रतियोगिता मोडलिङ गर्न चाहनेका लागि राम्रो ‘प्लेटफर्म’ मानिथ्यो । तर, च्याउसरी जात, धर्म, लिंग, टोलैपिच्छे विभिन्न नाममा सुन्दरी प्रतियोगिताहरु हुन थालेपछि ‘सुन्दरी’हरुको पनि गरिमा घट्दै गयो । हिजोआज कति ‘सुन्दरी’ छनोट गरिन्छ भन्ने राजधानीका कुनैपनि क्याफे र रेष्टुरेण्टमा जाँदा छर्लङ हुन्छ जबकि, जहाँ कुनै न कुनै सुन्दरी भेटिन्छन् । तर, तिनलाई कसैले वास्ता गरेको हुन्न । यसैबाट पनि नेपाली मोडलिङ क्षेत्र कतिसम्म ‘फोकस आउट’ भयो पनि स्पष्ट हुन्छ ।

 

वास्तवमा मोडलिङ क्षेत्र युवाका लागि राम्रो ‘प्लेटफर्म’ हो । तर, मोडलिङलाई रहर र रुचिको मात्र विषय बनाउँदा ‘बदनाम’ बन्दै गएको छ भने प्रतिभा भएहरुसमेत मोडलिङबाट विलिन हुन थालेका छन् ।

 

त्यसो त यहाँ कलाकारिता वा मोडलिङ गर्नलाई कुनै मापदण्ड छैन । मापदण्ड र नियामक निकायविनाको मोडलिङ साँच्चीकै रहर पूरा गर्ने एउटा माध्यम मात्र बन्दै आएको छ । तर, अन्तर्राष्ट्रिय मोडलिङ बजारमा भने यससम्बन्धी निश्चित मापदण्ड रहेको छ । यस्ता मापदण्ड राज्यले नभए सम्बन्धीत निकायका संघसंस्थाले बनाउने हो । अझैपनि मोडलिङसम्बन्धी निश्चित मापदण्ड बनाइयो भने नेपालमा मोडलिङको भविष्य उज्ज्वल छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग