बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै



हाम्रो इकोनोमि

 

वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ । रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उनलाई बीच बाटोबाटै काठमाडौं ल्याउन लागिएको हो । रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो । उनी अहिले सिन्धुलीको आत्मीय सामुदायिक अस्पतालमा उपचाररत छन् । ‘डाक्टरहरुले पल्स र अक्सिजन एकदमै कम छ, काठमाडौं लैजानुस् भन्नुभएकाले हेलिकप्टर मगाइएको छ,मुख्यमन्त्री जम्मकट्टेलले आज बिहानैदेखि असहज महसुस भएको बताएका थिए । तर पूर्वनिर्धारित कार्यक्रममा जान भनेर गाडीबाट उनी रामेछाप प्रस्थान गरेका थिए । सिन्धुली पुगेका बेला गाडीभित्रै बान्ता भएको र अडिन नसक्ने भएपछि उनलाई अस्पताल लगिएको थियो । 

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...