बिहीबार मध्यरातिदेखि उपनिर्वाचनको मौन अवधि



 

 

बिहीबार मध्यराति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि सुरु हुने भएको छ । मौन अवधि सुरु हुनु अघि निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसार निषेध अवधि र मतदानको दिन गर्नुपर्ने कार्यका सम्बन्धी प्रेस विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल, उम्मेदवार तथा सबैलाई सचेत गराएको हो । आयोगले बिहीबार बसेको बैठकबाट मतदान हुने दिन मंसिर १६ गतेको अघिल्लो ४८ घण्टा अर्थात् मंसिर १३ गते बिहीबार राती १२ बजेपछि मतदान केन्द्रमा मतदान कार्य नसकिँदासम्म निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य नगर्न आग्रह गरेको आयोगका सहसचिव एवम प्रवक्ता निता पोखरेलले जानकारी दिइन् । उनका अनुसार उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वुसनीय र भयरहित वातावरणमा सम्पन्नन गर्नका लागि व्यवस्था मिलाउन निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम आयोगले यस्तो निर्णय गरेको हो । आयोगले उपनिर्वाचन हुने स्थानीय तहमा अनधिकृत एवम् शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्ने, सूक्ष्म ढङ्गले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वुसनियतामा आँच आउने कुने कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शङ्का लागेमा वा कुनै सूचना प्राप्तर भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम तत्काल कारवाही गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
रविलाई पोखरा पुर्‍याइयो, निकिता पनि एउटै जहाजमा

     राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरातर्फ

रवि लामिछानेलाई कास्की फर्काइदै

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई वीरगन्जबाट आज कास्की नै फर्काउने

कांग्रेस र एमाले रवि लामिछानेसँग किन तर्सिएको : प्रचण्ड

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा सहकारी ठगहरु अहिले सत्ताको

दुर्घटनामा फुटबल खेलाडी कपिलवस्तुको निशान न्यौपानेको निधन

  कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राती स्कुटर दुर्घटनामा मृत्यु भएको हो।