पूर्वमन्त्री लीलाबल्लभ अधिकारीको सांसद पद चट्



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेश सरकार पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गर्ने तयारी गरेको छ । एमाले संसदीय दलले लिखित जानकारी दिएसँगै संसद् सचिवालयले सूचना टाँस गर्ने तयारी गरेको हो । जापान काण्डमा मुछिएपछि अधिकारीलाई हिजो प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अन्तरगत अनुसन्धानका लागि हिरासतमा राखी अनुसन्धान गर्न अदालतबाट अनुमति पाएसँगै उनको दल नेकपा एमालेले हिजै अधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । सँगै अधिकारीको पक्राउबारे प्रहरीले प्रदेशसभाका सभामुखलाई मौखिक जानकारी दिइसकेको छ । आज लिखित जानकारी आएकाले सूचना टाँस गर्ने तयारी भएको संसद् सचिवालयका प्रवक्ता गौतमराज अमात्यले बताए । संसद् सचिवालयमा सूचना टाँस भएसँगै अधिकारीको संसद् पद स्वतः निलम्बन हुने छ । संसद् नचलेको अवस्थामा प्रदेश सभाका कुनै सदस्य पक्राउ परेमा त्यसको सूचना प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्ने कानुनी व्यवस्था छ । सो कुराको जानकारी सभामुखलाई भएसँगै संविधानको व्यवस्था अनुसार प्रहरीले प्रदेशसभालाई अधिकारी पक्राउ गरेको सूचना दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...