रसुवामा जीप दुर्घटना ३ को मृत्यु, ३ बेपत्ता, ६ घाइते



हाम्रो इकोनोमि

 

पोखरा भ्रमणमा गएर फर्किएका गाउँले सवार जीप रसुवामा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ३ जना बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन् ।

 

चालकसहित ११ जना यात्रु बोकेर वेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै गोल्जुङ हिँडेको बा १० च ५८२० नम्बरको जीप सोमबार साँझ कालिका गाउँपालिका र गोकाइकुण्ड गाउँपालिकाको सीमानामा पर्ने गुम्चेतमा दुर्घटनामा परेको हो ।

 

दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका ३२ वर्षीया साहिली घले, ३५ वर्षीया मेन्दु घले र ३२ वर्षीय नोर्बु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, रसुवाले पुष्टि गरेको छ ।

 

दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ कै ३ जना हराइरहेका छन् । पासाङ्दे घले, कामी याङ्जेन तामाङ र त्लेतङ घले हराएका हुन् । उनीहरुको नदीमा डुबेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यही आशंकामा प्रहरीले अहिले उनीहरुको खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।

 

दुर्घटनामा ५ जना घाइते भएका छन् । चालक निमा तामाङ, उनको छोरा र श्रीमती घाइते भएका छन् । घाइतेमध्ये निमा, जौरानी घले र फुर्वु योञ्जन तामाङको अवस्था गम्भीर छ । अन्य २ घाइतेको अवस्था भने सामान्य छ । प्रहरीका अनुसार, उनीहरुलाई नुवाकोटको त्रिशूली अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौं पठाइएको छ ।

 

दुर्घटनाग्रस्त जिप सडकबाट १ सय मिटर तल नदीमा खसेर डुबेको छ । कच्ची र साँघुरो सडकका कारण जीप दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार, अहिले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

फाईल तस्विर

 

दैलेखमा आफ्नै श्रीमती र छोरालाई बेच्ने पुरुषलाई ३८ वर्ष कैद सजाय

 

आफ्नै श्रीमती र छोरालाई बेचेको आरोप लागेका भैरवी गाउँपालिका–४ भैरीका २१ वर्षीय टेकराज पुरीलाई जिल्ला अदालत दैलेखले सोमबार साढे ३८ वर्ष कैद सजाय र ३ लाख ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

 

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासले यस्तो फैसला गरेको जिल्ला अदालतले जनाएको छ । अभियुक्त पुरीलाई अदालतबाट मानव वेचविखनमा २० वर्ष, ओसारपसारमा १५ वर्ष र कुल सजायको थप १० प्रतिशतले हुन आउने साढे तीन वर्षसमेत गरी ३८ वर्ष ६ महिना कैद भएको जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए ।

 

भारतमा बेचिएकी ती महिला र बालकको माइतीपक्षले गत २०७५ जेठ ९ गते मानव बेचबिखन तथा ओसारपसारमा परेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेका थिए । माइती पक्षले दिएको जाहेरीको आधारमा जिल्लामा महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्दैआएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र शक्ति समूह काठमाडौंको पहलमा आफ््नै श्रीमानबाट बेचिएकी महिला र उनका छोरालाई भारतको बैंग्लोरबाट उद्धार गरिएको थियो ।

 

विगत २ वर्षदेखि परिवारसहित भारतको बैंग्लोर साझापुरमा बस्दै आएको बेला श्रीमानले आफू र छोरालाई बजार घुम्न गएका बेला ‘कोठामा जाऊ, म एकछिनमा आउँछु’ भनी गएको र कोठामा पुग्ने बित्तिकै एक्कासी नचिनेका व्यक्तिहरुले जवर्जस्ती सेतो पाउडर मुखमा सुँघाएर बेहोस बनाएर लगेको उनकी श्रीमतीले बताएकी थिइन् ।अपरिचित व्यक्तिहरुले २ लाख २० हजार भारतीय रुपैयाँमा श्रीमानबाट किनेको भनेपछि बल्ल आफू बेचिएको थाहा पाएको उनले वयानमा सुनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...