नारायणघाटबाट महेन्द्रनगरतर्फ गइरहेको बस खस्यो



हाम्रो इकोनोमि

 

 

नारायणघाटबाट महेन्द्रनगरतर्फ गइरहेको बस दुर्घटनामा परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको रिहारमा आइतबार राति बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । नारायणघाटबाट महेन्द्रनगरका लागि छुटेको ना ६ ख १२६४ नम्बरको बस लमही नगरपालिका ९ रिहार नजिक दुर्घटना हुदा १० जना यात्रु घाइते भएका हुन् ।

 

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आइतबार राति रिहार नजिकै जंगलमा शौचको लागी बस रोकिएको थियो । तर, रोकेको बस आफैँ गुडेर सडक बाट तल खस्दा दुर्घटना हुन पुगेको हो । बस रोकेर चालक पनि शौच गर्न बाहिर निस्किएको बताइएको छ । सामान्य घाइते भएका यात्रुको लमहीमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...