देशभर डरलाग्दो हावाहुरीसहित वर्षा, १ बालिकाको ज्यान गयो, दर्जर्नौं घरमा क्षति



हाम्रो इकोनोमि

 

 

आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिए ।

 

जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए । हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएको उनले बताए । हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पुर्‍याएको प्रहरी नायब निरीक्षक शाहले जानकारी दिए ।

 

हावाहुरीले घरको छानो उडाइदिएको छ । हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ । यस्तै यता अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा हिजो साँझ आएको पानीसहितको हावाहुरीले छत्रदेव गाँउपालिकामा एक विद्यालयसहित ६० वटा घर गोठको छाना उडाएको छ ।

 

हाबाहुरीका कारण छत्रदेव गाँउपालिकाको २ र ३ नम्वर वडामा मात्रै एक विद्यालय सहित ६० घरगोठको छानो उडाएको हो । हाबाहुरीले शहिद मेमोरियल बोर्डिंग स्कुलको टिनको छाना तथा स्थानीय बासिन्दाका टिन तथा फुसको छाना उडाएको छ । हावाहुरीले बल्कोटको हुलाकदेखी पाटीसम्मको क्षेत्रमा बढी क्षती पुर्याएको छ । हाबाहुरीको यकिन क्षतीको विवरण संकलन गर्ने काम भइरहेको छ ।

 

३ दिनसम्म मेघ गर्जनसहित वर्षा हुने भन्दै मौसमविद्ले दिए यस्तो चेतावनी

 

उपत्यका लगायतका जिललाहरुमा घामपानी आइरहेको छ । आज दिउँसो अचानक काठमाडौं लगायतका जिल्लाहरुमा वर्षा भएको छ । वर्षा भएको केही समयपछि घाम पनि देखिएको छ । रंगेली नगरपालिका–९ धन्जुवामा आइतबार बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ ।

स्थानीय ५० वर्षीय देवलाल यादवको बिहान ८ बजे भैसी बाँध्ने किला ठोकिरहेको बेलामा चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

जेष्ठ २० गते (सोमबार): दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही देशको पश्चिमी भु-भागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। राति: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भूभागमा आंशिक बदली रहने देखिन्छ ।

 

जेष्ठ २१ गते (मंगलबार): दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...