आज सोनाक्षीको जन्मदिन : कुनै बेला चलचित्रका लागि भनेर यस्तो दुःख गरिन



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको जन्म एक राजनीतिक परिवारमा भएको थियो । उनका पिता पनि अभिनेता त थिए तर राजनीतिमा सक्रिय थिए ।

 

बलिउड अभिनेता शत्रुघन सिन्हाकी छोरी सोनाक्षीले आफु यस क्षेत्रमा आउँछु भन्ने कल्पनासम्म गरेकी थिईनन् । सोनाक्षीको उमेर ३२ वर्ष पुगेको छ । उनको जन्म २ जुन १९८७ मा मुम्बईमा भएको थियो ।

 

सन २०१० मा उनले बलिउड अभिनेता सलमान खानको फिल्म दबंगबाट बलिउडमा प्रवेश पाईन । उनी चलचित्रमा आउँनु भन्दा पहिले झण्डै ९० किलो थिईन तर सलमानले उनलाई तौल कम गर्न लगाए । उनका अनुसार उनले त्यो बेला ३० किलो तौल घटाएर ६० मा झारेकी थिईन ।

 

सुरुमा नै सलमानसँग काम गर्दा चर्चा पाएकी उनले त्यो भन्दा पछाडी सायदै पछाडी फर्केर हेर्नुपर्यो । उनलाई अचेल आफ्नौ तौल कत्ति छ भन्ने ठ्याक्कै याद छै उनलाई तौक चेक गर्न आवश्यक लाग्दैन । उनी अहिले आफु फिट नै भएको बताउँछिन । सोनाक्षीले आफ्नो विद्यालय शिक्षा आर्य विद्या मन्दिर मुम्बईबाट गरिन् ।

 

उनले एसएनडीटी विश्वविद्यालयबाट फेशन डिजाइनिङको कोर्ष गरिन् । सन २००६ मा आएको फिल्म ‘मेरा दिल लेके देखो’ मा उनले कोस्ट्यूम डिजाइनरको रुपमा आफ्नो कलाकारिताको सुरुवात गरिन् । सन २००८ देखि २००९ मा लैक्मे फैशन वीकमा रैम्प वाक पनी गरेकी थिईन ।

 

दबंगसँगै सोनाक्षीले राउडी राठौर, सन अफ सरदार, दबंग–२, लुटेरा, वन्स अपन अ टाइम इन मुंबई दोबारा, बुलेट राजा, आर।।। राजकुमार, होलिडे, अ सोल्जर इज नेवर अफ ड्यूटी, एक्शन जैक्सन, तेवर र ह्याप्पी फिर भाग जाएगी समेत अन्य धेरै चलचित्रमा काम गरेकी छिन ।

 

उनी यमला पगला दीवाना फिर से, रेस–३ र टोटल धमालमा पनि आफ्नो कमाल दिइसकेकी छिन । उनलाई दबंग–३ मा सलमानसँग फेरि एकपटक देख्न पाइने भएको छ । यो सँगै उनी मिशन मंगलमा पनि काम गर्ने भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...