३ दिनसम्म मेघ गर्जनसहित वर्षा हुने भन्दै मौसमविद्ले दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

 

उपत्यका लगायतका जिललाहरुमा घामपानी आइरहेको छ । आज दिउँसो अचानक काठमाडौं लगायतका जिल्लाहरुमा वर्षा भएको छ । वर्षा भएको केही समयपछि घाम पनि देखिएको छ । रंगेली नगरपालिका–९ धन्जुवामा आइतबार बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ ।

स्थानीय ५० वर्षीय देवलाल यादवको बिहान ८ बजे भैसी बाँध्ने किला ठोकिरहेको बेलामा चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

जेष्ठ १९ गते (आइतबार): दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही केहि पहाडी भू-भागहरूमा र पूर्वी तराईमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

 

जेष्ठ २० गते (सोमबार): दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही देशको पश्चिमी भु-भागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। राति: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भूभागमा आंशिक बदली रहने देखिन्छ ।

 

जेष्ठ २१ गते (मंगलबार): दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...