लगातार ६ घण्टासम्म पब्जी खेल्दा कक्षा १२ मा पढ्ने १६ वर्षे किशोरको हृदयघातका कारण मृत्यु



हाम्रो इकोनोमि

 

मध्य प्रदेशमा पब्जी खेल्ने क्रममा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु भएको छ ।

शुक्रबार किशोरका पिता फरुन कुरेशीले दिएको जानकारी अनुसार उनका छोराले ६ घण्टासम्म मोबाइल फोनमा पब्जी खेलेपछि अचेत भएका थिए । मृत्यक किशोर फुरकान कुरेशी कक्षा १२ का विद्यार्थी हुन् ।

घटना मे २८ को हो जब फुरकान कुरेशी र उनको परिवार एक आफन्त विवाहमा भाग लिनको लागि राजस्थानको घरबाट मध्य प्रदेश गएका थिए ।

सोमबार अचेत हुनुपूर्व फुरकानले पब्जी खेल्दै ‘पड्काउ, हान’ भनेर चिल्लाएको उनका पिताले बताए ।

‘उ एकदमै सक्रिय केटा थियो । मेरो छोरा पब्जी खेलमा यति धेरै मग्न थियो कि उसले आइबार रातीदेखिदेखि सोमबार झिसमिसेसम्म खेलिरह्यो ।

विहान केही घण्टा सुत्यो अनि खाजा खाएर पुन खोल्न थाल्यो ,’ पिता हारुनले बताए । खेलमा उसको पात्रले हारेपछि उसले पड्काउ, पड्काउ भनेको सुनिएको हारुनले बताए ।

खेल खेल्ने क्रममा अचेत भएपछि किशोरलाई तत्कालै अस्पताल लगिएको थियो तर उनलाई व्युताउन सकिएन ।

‘हामी कहाँ आउदाँ उसको मुटु धड्किन बन्द भइसकेको थियो । मैले धेरै कोसिस गरें तर उसको निधन भइसकेको थियो,’ कारडियोलोजिष्ट अशोक जैनले भनिन् ।

अर्का काडिर्योलोजिष्ट विपुल गर्गले भिडियो गेम खेल्दा कसरी मृत्यु हुन्छ भन्नेबारे प्रस्टाउदै भनिन् ,‘पछिल्लो समय आएका मोबाइल भिडियो गेम मानसिक रुपमै संलग्न गराउने खालका छन् ।

त्यसैले ती खेल खेल्ने बालबालिका खेलका कथा अनुरुप भावनात्मक उचारचडाव भोग्ने गर्छन् ।

बालबालिका र किशोरकिशोरीकै पनि कलिलो मष्तिकले ती खेल मात्र हुन भन्ने बुझ्न नसक्दा मुटुको समस्या भोग्छन् । ’बालबालिकालाइ यस्ता खेलबाट टाढा राख्नुपर्ने गर्गले बताइन् ।

प्रतिक्रिया दिनुहोस
इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

बदनाम शेयर कारोबारी दीपेन्द्र अग्रवालको अर्को बदमासी, भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई यसरी अप्ठेरोमा पारे

  शेयर बजारका बदनाम खेलाडी दीपेन्द्र अग्रवाल चलिरहेको एउटा रिसोर्ट सञ्चालनमा प्रवेश गरेर...