दर्दनाक दुर्घटना : ससुराली जाँदा ट्रकले हिर्कायो, श्रीमतीसँग यसरी कुरा गर्दागर्दै गयो ज्यान !



हाम्रो इकोनोमि

 

सवारी चलाउँदै गर्दा फोनमा कुरा गर्ने धेरैको बानी हुन्छ । यो आफैंमा डरलाग्दो कुरा हो, सवारी चलाउँदै गर्दा फोनको प्रयोग गर्दा दुर्घटनाको सम्भावना सामान्य भन्दा धेरै हुन्छ ।

यस्तै मोटरसाइकल चलाउँदै गर्दा मोबाइलमा पत्नीसँग कुरा गरिरहेका एक जनाको ज्यान गएको छ । भारतको बिहार राज्यको बेगूसराय राजमार्ग २८ मा एक युवकलाई ट्रकले ठक्कर दिएको हो ।

उनले पत्नीसँग फोनमा कुरा गरिरहेको अधिकारीहरुले बताएका छन । दुर्घटना पश्चात उनको एउटा खुट्टा ट्रकको पांग्राले किचेर काटिएको छ । दुर्घटना पछि उनले पत्नीलाई भिडियो कल गरेर आफ्नो अवस्था देखाए अनी मृत्यु भयो ।

घटनास्थलमा देखिएका प्रत्यक्षदर्शिले दिएको जानकारी अनुसार उनी कानमा एअरफोन लगाइरहेका थिए यसकारण उनले ट्रकको आवाज सुन्न सकेनन् । दुर्घटना पछि बेहोस भएका उनलाई स्थानीय अस्पतालमा लगिएको थियो तर बचाउन सकिएन ।

मृतकको नाम राजाराम पण्डित भएको प्रहरीले जानकारी दिएको छ । राजाराम आफ्नो सालाको श्राद्धकर्मका लागि भनेर ससुराली गइरहेका थिए । परिवारले दिएको जानकारीअनुसार उनको बिवाह आज भन्दा तीन वर्ष पहिले भएको थियो । उनकी ७ महिनाकी छोरी पनि भएको परिवारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...