दर्दनाक दुर्घटना : ससुराली जाँदा ट्रकले हिर्कायो, श्रीमतीसँग यसरी कुरा गर्दागर्दै गयो ज्यान !



हाम्रो इकोनोमि

 

सवारी चलाउँदै गर्दा फोनमा कुरा गर्ने धेरैको बानी हुन्छ । यो आफैंमा डरलाग्दो कुरा हो, सवारी चलाउँदै गर्दा फोनको प्रयोग गर्दा दुर्घटनाको सम्भावना सामान्य भन्दा धेरै हुन्छ ।

यस्तै मोटरसाइकल चलाउँदै गर्दा मोबाइलमा पत्नीसँग कुरा गरिरहेका एक जनाको ज्यान गएको छ । भारतको बिहार राज्यको बेगूसराय राजमार्ग २८ मा एक युवकलाई ट्रकले ठक्कर दिएको हो ।

उनले पत्नीसँग फोनमा कुरा गरिरहेको अधिकारीहरुले बताएका छन । दुर्घटना पश्चात उनको एउटा खुट्टा ट्रकको पांग्राले किचेर काटिएको छ । दुर्घटना पछि उनले पत्नीलाई भिडियो कल गरेर आफ्नो अवस्था देखाए अनी मृत्यु भयो ।

घटनास्थलमा देखिएका प्रत्यक्षदर्शिले दिएको जानकारी अनुसार उनी कानमा एअरफोन लगाइरहेका थिए यसकारण उनले ट्रकको आवाज सुन्न सकेनन् । दुर्घटना पछि बेहोस भएका उनलाई स्थानीय अस्पतालमा लगिएको थियो तर बचाउन सकिएन ।

मृतकको नाम राजाराम पण्डित भएको प्रहरीले जानकारी दिएको छ । राजाराम आफ्नो सालाको श्राद्धकर्मका लागि भनेर ससुराली गइरहेका थिए । परिवारले दिएको जानकारीअनुसार उनको बिवाह आज भन्दा तीन वर्ष पहिले भएको थियो । उनकी ७ महिनाकी छोरी पनि भएको परिवारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...