सलमान खानको विरोध गर्नेलाई आयो ज्यान मार्ने धम्की



हाम्रो इकोनोमि

 

बलिउड सुपरस्टार सलमान खानका करोडौं सर्मथक रहेका छन् । फ्यानले उनका बारेमा कसैले नकारात्मक भन्यो भने सहन सक्दैनन् । यस्तै घटना अहिले सार्वजनिक भएको छ ।

 

सोना माहापात्राले सलमान खानको लगातार विरोध गर्दै आएपछि खानका एक फ्यानले उनलाई घरमा नै पसेर हत्या गर्ने धम्की दिएका छन् । माहापात्रा एक चर्चित गायिकाका साथै महिला अधिकारका पक्षमा वकालत गर्ने गर्छिन ।

 

उनलाई यस्तो धम्की इमेल मार्फत आएको जानकारी दिइएको छ । उनले इमेलको स्क्रिन सट लिएर मलाई यसरी ज्यान मार्ने धम्की आइरहेको भन्दै ट्विट गरेपछि हंगामा भएको हो । सोनालाई यो धम्की अम्मार राशिद भएका व्यक्तिले दिएका हुन् ।

 

अम्मार पठाएको इमेलमा भनिएको छ, ‘तैंले सलमान खानका बारेमा फेरि केही बोलिस भने म तँलाई तेरो घरमा घुसेर मार्छु । यो मेरो अन्तिम चेतावनी हो ।’ सोनाले सलमान खानको नाम नलिईकन लेखिन, ‘हरेक दिन गलत्त व्यवहार गर्दै आएका भारत फिल्मका नायकका एक सर्मथक मलाई ज्यान मार्ने धम्की दिइरहेका छन् ।

 

मलाई यस प्रकारका ज्यानमार्ने धम्कीसहितका इमेल लगातार प्राप्त भइरहेका छन् ।’ सोनालाई यो धम्की सलमानका बारेमा नकारात्मक टिप्पणी गरेकै आधारमा मिलेको हो । एक अन्तरवार्तामा सलमानले प्रियंका चोपडाले निक जोनससँग विवाह गरेर आफ्नो महत्वपुर्ण फिल्म छोडेको बताएका थिए ।

 

यसै विषयमा सोनाले प्रियंकाको पक्षमा एक ट्विट गरेकी थिईन् , जुन यस्तो छ, ‘प्रियंका चोपड़ाको जीवनका गर्नका लागि धेरै कुराहरु छन् । उनको जीवन दोस्रो महिलाका लागि उदाहरण बन्न सक्छ ।’

 

उनले यो भन्दा पहिले पनि बलिउडमा चर्चित कलाकारका बारेमा विवादित बयान दिदैं आएकी थिईन् । सलमान खानको भारत चलचित्र आउँदो जुन ५ मा प्रदर्शनमा आउँन लागेको छ । यो बिचमा उनका लागि यो विषय तनावको विषय हुनसक्छ । एजेन्सी

 

दर्जन भन्दा बढी भाषा बोल्न सक्छन् यी ४ अभिनेत्री

 

भारतको विश्वकै ठूलो चलचित्र उद्योग बलिउडमा जम्न त्यति सजिलो छैन । सामान्य क्षमताको मानिस त्यहाँसम्म पुग्नै सक्दैन । उक्त उद्योगमा निक्कै सफल भारतिय केही कलाकारहरु निक्कैवटा भाषामा विपूर्ण छन् ।

 

भारत देश आफैमापनि विविधता युक्त देश हो । अलग अलग भाषा सिक्न केही मानिसको शोख हुन्छ । यही मेहनत र शोखका कारण केही अभिनेत्रीहरु दर्जन भाषा बोल्न सक्नेछन् त्यो हामी यहाँ चर्चा गर्दैछौ ।

 

विद्या बालन : विधा बालन कुल ६ भाषा बोल्न सक्छिन् । उनी अंग्रेजी, मलयालम, मराठी, तमिल, हिंदी र बंगाली निक्कै राम्रो निपूर्णताका साथ बोल्छिन् । इन भाषाओं में विद्या बालन आराम से बात कर सकती है।

तापसी पन्नू : तपसी को तमिल, तेलुगू, मलयालम, पंजाबी, अंग्रेजी, हिंदी जैसी भाषाएं बोलना आता है।

असिन : असिनपनि धेरै भाषा बोल्न जान्ने कलाकारमा पर्छिन् । उनी तेलुगू, तमिल, हिंदी, मलयालम, अंग्रेजी, इतालवी र फ्रेंच भाषा मज्जाले बोल्छिन् ।

ऐश्वर्या राय बच्चन L ऐश्वर्या राय विश्व सुंदरी हुन् । ऐश्वर्या केबल देख्नमा मात्र राम्री हैनन् उनी क्षमतावान अभिनेत्रीपनि हुन् । ऐश्वर्या कुल ९ भाषा मज्जाले बोल्छिन् ।

ऐश्वर्या हिंदी, उर्दू, तुलु, कन्नड़, तेलुगू, मराठी, तमिल, अंग्रेजी र बंगाली भाषा मज्जाले बोल्ने गरेको खबर भारतिय सञ्चार माध्यमले छापेको छ ।

प्रतिक्रिया दिनुहोस
ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

    अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री...