सलमान खानको विरोध गर्नेलाई आयो ज्यान मार्ने धम्की



 

बलिउड सुपरस्टार सलमान खानका करोडौं सर्मथक रहेका छन् । फ्यानले उनका बारेमा कसैले नकारात्मक भन्यो भने सहन सक्दैनन् । यस्तै घटना अहिले सार्वजनिक भएको छ ।

 

सोना माहापात्राले सलमान खानको लगातार विरोध गर्दै आएपछि खानका एक फ्यानले उनलाई घरमा नै पसेर हत्या गर्ने धम्की दिएका छन् । माहापात्रा एक चर्चित गायिकाका साथै महिला अधिकारका पक्षमा वकालत गर्ने गर्छिन ।

 

उनलाई यस्तो धम्की इमेल मार्फत आएको जानकारी दिइएको छ । उनले इमेलको स्क्रिन सट लिएर मलाई यसरी ज्यान मार्ने धम्की आइरहेको भन्दै ट्विट गरेपछि हंगामा भएको हो । सोनालाई यो धम्की अम्मार राशिद भएका व्यक्तिले दिएका हुन् ।

 

अम्मार पठाएको इमेलमा भनिएको छ, ‘तैंले सलमान खानका बारेमा फेरि केही बोलिस भने म तँलाई तेरो घरमा घुसेर मार्छु । यो मेरो अन्तिम चेतावनी हो ।’ सोनाले सलमान खानको नाम नलिईकन लेखिन, ‘हरेक दिन गलत्त व्यवहार गर्दै आएका भारत फिल्मका नायकका एक सर्मथक मलाई ज्यान मार्ने धम्की दिइरहेका छन् ।

 

मलाई यस प्रकारका ज्यानमार्ने धम्कीसहितका इमेल लगातार प्राप्त भइरहेका छन् ।’ सोनालाई यो धम्की सलमानका बारेमा नकारात्मक टिप्पणी गरेकै आधारमा मिलेको हो । एक अन्तरवार्तामा सलमानले प्रियंका चोपडाले निक जोनससँग विवाह गरेर आफ्नो महत्वपुर्ण फिल्म छोडेको बताएका थिए ।

 

यसै विषयमा सोनाले प्रियंकाको पक्षमा एक ट्विट गरेकी थिईन् , जुन यस्तो छ, ‘प्रियंका चोपड़ाको जीवनका गर्नका लागि धेरै कुराहरु छन् । उनको जीवन दोस्रो महिलाका लागि उदाहरण बन्न सक्छ ।’

 

उनले यो भन्दा पहिले पनि बलिउडमा चर्चित कलाकारका बारेमा विवादित बयान दिदैं आएकी थिईन् । सलमान खानको भारत चलचित्र आउँदो जुन ५ मा प्रदर्शनमा आउँन लागेको छ । यो बिचमा उनका लागि यो विषय तनावको विषय हुनसक्छ । एजेन्सी

 

दर्जन भन्दा बढी भाषा बोल्न सक्छन् यी ४ अभिनेत्री

 

भारतको विश्वकै ठूलो चलचित्र उद्योग बलिउडमा जम्न त्यति सजिलो छैन । सामान्य क्षमताको मानिस त्यहाँसम्म पुग्नै सक्दैन । उक्त उद्योगमा निक्कै सफल भारतिय केही कलाकारहरु निक्कैवटा भाषामा विपूर्ण छन् ।

 

भारत देश आफैमापनि विविधता युक्त देश हो । अलग अलग भाषा सिक्न केही मानिसको शोख हुन्छ । यही मेहनत र शोखका कारण केही अभिनेत्रीहरु दर्जन भाषा बोल्न सक्नेछन् त्यो हामी यहाँ चर्चा गर्दैछौ ।

 

विद्या बालन : विधा बालन कुल ६ भाषा बोल्न सक्छिन् । उनी अंग्रेजी, मलयालम, मराठी, तमिल, हिंदी र बंगाली निक्कै राम्रो निपूर्णताका साथ बोल्छिन् । इन भाषाओं में विद्या बालन आराम से बात कर सकती है।

तापसी पन्नू : तपसी को तमिल, तेलुगू, मलयालम, पंजाबी, अंग्रेजी, हिंदी जैसी भाषाएं बोलना आता है।

असिन : असिनपनि धेरै भाषा बोल्न जान्ने कलाकारमा पर्छिन् । उनी तेलुगू, तमिल, हिंदी, मलयालम, अंग्रेजी, इतालवी र फ्रेंच भाषा मज्जाले बोल्छिन् ।

ऐश्वर्या राय बच्चन L ऐश्वर्या राय विश्व सुंदरी हुन् । ऐश्वर्या केबल देख्नमा मात्र राम्री हैनन् उनी क्षमतावान अभिनेत्रीपनि हुन् । ऐश्वर्या कुल ९ भाषा मज्जाले बोल्छिन् ।

ऐश्वर्या हिंदी, उर्दू, तुलु, कन्नड़, तेलुगू, मराठी, तमिल, अंग्रेजी र बंगाली भाषा मज्जाले बोल्ने गरेको खबर भारतिय सञ्चार माध्यमले छापेको छ ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा