काठमाडौँ महानगरमा छ करोडको सिसी क्यामेराको जडान



हाम्रो इकोनोमि

 

काठमाडौँ महानगरपालिकाले सुरक्षालाई मजबुत बजाउन सिसी क्यामेरा जडान गर्न थप रु दुई करोड ८१ लाख उपलब्ध गराउने भएको छ ।

कामपाको ३३औँ नगर कार्यपालिका बैठकले नेपाल महानगरीय प्रहरी परिसर काठमाडौँलाई उक्त रकम दिने निर्णय गरेको हो ।

सुरक्षालाई मध्यनजर गर्दै कामपाले गत फागुन १५ गते रु तीन करोड उपलब्ध गराइसकेको छ ।

महानगरपालिका र परिसरबीच महानगरपालिका क्षेत्रभित्र सुव्यवस्थापन, शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण, प्रदूषण न्यूनीकरणमा प्रभावकारी बनाउन आवश्यक पर्ने सिसी टिभी जडानका लागि सो रकम सहयोग गरेको हो ।

महानगरपालिका र परिसरबीच यही असोज ९ गते समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यान्वयन गर्न भएको समझदारीअन्तर्गत उक्त रकम सहयोग गरिएको प्रवक्ता डङ्गोलले जानकारी दिए ।

सिसी क्यामेरा जडानसँगै अपराध नियन्त्रण, वैज्ञानिक रुपमा प्रमाण सङ्कलन, फोहर व्यवस्थापन, अवैध कार्य नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास कामपाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सांसदहरूलाई संसदीय अभ्यासबारे प्रशिक्षण

    प्रतिनिधिसभाका सांसदहरूलाई संघीय संसद् सचिवालयले प्रशिक्षण दिएको छ । संसद भवनभित्रको...

कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण...

रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...