कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार सूर्य थापालाई



हाम्रो इकोनोमि

 

यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसका अवसरमा प्रेस सङ्गठन नेपालले आज आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई पुरस्कार प्रदान गर्नुभयो ।

 

५० हजार राशिको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आइरहेको छ । नेकपाका केन्द्रीय सदस्यसमेतर रहनुभएका थापा बुधबार साप्ताहिकका पूर्वसम्पादक तथा नेपालपत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुनुहुन्छ । पुरस्कार ग्रहणपछि थापाले कृष्णसेन ‘इच्छुक’ ले देखाएको बाटोमा लाग्नुपर्ने बताउनुभयो । सोही अवसरमा थापाले कृष्णसेन ‘इच्छुक’ पढेको प्यूठानको सराङकोटस्थित भूमि विकास आधारभूत विद्यालयलाई पुरस्कारबाट प्राप्त गरेको रकममध्ये १० हजार र आफ्नो व्यक्तिगत १५ हजार रुपैयाँ गरी २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको घोषणा गर्नुभयो ।

 

उक्त कोषबाट वर्षेनी गरीब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने थापाले जानकारी गराउनुभयो । विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो । विसं २०१३ कात्तिकमा भारतको देहरादूनमा जन्मिनुभएका इच्छुक जनादेश साप्ताहिकको सम्पादक रहनुभएको थियो ।

 

अर्काे ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ चन्द्रमान श्रेष्ठलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको रासी २५ हजार रुपैया रहेकोछ । दुवै पुरस्कार बलराम थापाको संयोजकत्वमा गठित सिफारिस समितिले निर्णय गरेअनुसार प्रदान गरिएको हो । समितिमा सइन्द्र राई, देविका घर्तीमगर, मनोज घर्तीमगर र टेकराज थामी सदस्य रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...